रमपम बिराटनगर लिटल आईकनको उपाधि रोजमेरी र त्रिन्काललाई

<span class='c1'>रमपम बिराटनगर लिटल आईकनको</span> <span class='c2'>उपाधि रोजमेरी र त्रिन्काललाई</span>

बिराटनगर असोज ८  , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको “रमपम बिराटनगर लिटल आईकन २०१८” को फिनाले सम्पन्न भएको भएको छ ।

बिराटनगरको बिरेन्द्र सभा गृहमा भएको फिनालेमा बालिका तर्फ रोजमेरी बिश्वास प्रथम हुन सफल भइन भने बालक तर्फबाट मोडर्न एरा स्कुलका  त्रिन्काल पोखरेल प्रथम भए। यस्तै , बालिकाको दोस्रो स्थानमा सुमिक्षा श्रेष्ठ , तेस्रो स्थानमा श्रीयुश्का रेग्मी , साथै बालकहरुको दोस्रो स्थानमा शिवराम सिंह , तेस्रो स्थानमा सुगल अधिकारी पर्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायकमा दिपेश बास्तोला , अनुपमा बास्तोला र श्रुति शर्मा रहेका थिए । कार्यक्रमको मुख्य अतिथि हिसान मोरङका अध्यक्ष बलराम पन्त रहेका थिए भाइरल डान्स स्टुडियोको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको थियो ।

विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्