प्याब्सन विराटनगरको अध्यक्षमा इन्द्र कुमार राई निर्वाचित

<span class='c1'>प्याब्सन विराटनगरको अध्यक्षमा इन्द्र</span> <span class='c2'>कुमार राई निर्वाचित</span>

विराटनगर असोज ९ , निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर समिति विराटनगरको अध्यक्षमा मोर्डन एरा स्कूलका संस्थापक निर्देशक इन्द्र कुमार राई निर्वाचित भएका छन् । उनले विराटनगरस्थित जेसी बाल सदन स्कूलका अध्यक्ष मदन भट्टराईलाई ८ मत अन्तरले पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस अघि प्याब्सन मोरङका कोषाध्यक्ष भइसकेका राईले नगरको पहिलो अधिवेशनको निर्वाचनमा ३७ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी भट्टराईले २९ मत मात्र प्राप्त गरे । निर्वाचनको अन्तिम समयसम्म सहमति जुट्न नसकेपछि प्याब्सन नगरको सोमबार साझ निर्वाचन भएको हो । राई र भट्टराईको दुइवटा प्यानल बनाएर निर्वाचनमा उत्रिएका थिए । राई समूहका कोषाध्यक्ष बाहेक अधिकाशं पदमा निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा मदरल्याण्ड एकाडेमीका प्रिन्सिपल मोहन बुढाथोकीले फराकिलो मत अन्तरले निर्वाचित भए । उनले ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी दपर्ण स्कूलका गोपाल गेलालले २२ मत प्राप्त गरे । सचिबमा पूर्वाञ्चल विद्या सदन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भए । कोषाध्यक्षमा नमुना बोर्डिङ स्कूलका प्रिन्सिपल शिवप्रसाद अधिकारीले १ मत अन्तरले निर्वाचित भए । उनले ३४ मत प्राप्त गर्दा निकटम प्रतिद्धन्द्धी एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिप सेवक बजगाइले ३३ मत प्राप्त गरे । सह–सचिबमा मेरीगोल्ड स्कूलका प्रिन्सिपल नन्दलाल मण्डलले ४३ मत ल्याएर निर्वाचित भए ।

उनका प्रतिस्पधी मार्टस स्कूलका निर्देशक रोशन ठाकुरले २४ मत प्राप्त गरे ।

सदस्यहरुमा हिरा थापाले ४६, पशुराम घिमिरले ३८, कृष्ण श्रेष्ठले ३४, अशोक लामाले ३५, भिम बहादुर राजवंशीले ३२ मत प्राप्त गरि निर्वाचित भए । महिला सदस्यमा मिना आचार्य सर्वसम्मत रुपमा चयन भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्