विराटनगरको कोशी अस्पतालमा १४ जनालाई नियुक्ति

<span class='c1'>विराटनगरको कोशी अस्पतालमा </span> <span class='c2'>१४ जनालाई नियुक्ति</span>

बिराटनगर असोज ९। विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो ।

मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका लागि कर्मचारीको सूचीसहितको पत्र पठाएपछि अस्पताल प्रशासनले नियुक्ति दिएको हो । नियुत्ति पाएका कर्मचारीले काम सुरु गरिसकेका छन् । सामाजिक विकास मन्त्रालयको गत भदौ २९ गते चलानी नम्बर ०२ को पत्रका आधारमा अस्पतालले सुरुमा १२ र पछि थप २ गरी १४ जनालाई नियुक्ति दिएको हो ।

मन्त्रालयले कार्यालय सहयोगीका रुपमा सुवास निरौला, सीतादेवी कामत, अनिरुद्र राजवंशी, दिनेश कामत, जावेद आलम, मैयाँदेवी मैनाली, जयनारायण श्रीदेव, हरिपि्रया नेपाल, रामकृष्ण राजवंशी, कविता कार्की, अमित कामत र डाइटेसियनमा समीक्षा दुलाललाई नियुक्ति गर्न पत्र पठाएको थियो । त्यस्तै कार्यालय सहयोगी भीम ताजपुरिया र दिपा भुजेललाई नियुक्ति गर्न पनि मन्त्रालयले पत्र पठाएको थियो ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोसन पोखरेलले सामाजिक विकास मन्त्रालयबाट नाम आएकाहरुलाई असोज १ गतेबाट लागू हुने गरी नियुक्ति दिइएको जानकारी दिए । १४ जनालाई असोज मसान्तसम्मका लागि करार नियुक्ति दिइएको पोखरेलले बताए ।

मेसु पोखरेलका अनुसार नियुक्ति दिएकामध्ये ८ जनाले काम सुरु गरेका छन् । अञ्चल अस्पताल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको मातहत आइसकेकोले मन्त्रालयले दिएको आदेश अनुसार नियुक्ति गरेको प्रमुख पोखरेलले बताए ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे भने आफूले कसैलाई नियुक्ति दिन दबाव नदिएको बताउँछन् । अञ्चल अस्पताल आफ्नो मन्त्रालय मातहत रहेको बताउदै उनले मन्त्रीको दबावमा नियुक्ति दिएको भन्न नमिल्ने बताए ।

अस्पतालमा ५३ जना कार्यालय सहयोगीको दरबन्दीमा १३ वटा केही समयदेखि खाली थियो । खाली रहेको कोटामा मन्त्रीले आफ्ना निकटका मानिसलाई नियुक्ति दिएका हुन् । सरकारी कार्यालयले कुनै पदमा पदपूर्ति गर्न सार्वजनिक सूचना निकाल्नुपर्ने प्रावधान छ, तर नियम मिच्दै मन्त्रीको ठाडो निर्देशनमा कर्मचारी नियुक्त गरिएको हो।

साभार : अनलाइन खबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्