‘अनुराग फिल्म’ का नायक नायिका एलिजा र समुन्द्र विराटनगर आएर के भने..

<span class='c1'>‘अनुराग फिल्म’ का नायक नायिका एलिजा</span> <span class='c2'>र समुन्द्र विराटनगर आएर के भने..</span>

प्रेम देवान
विराटनगर ९ असोज । एरिका फिल्मस प्रोडक्सनले तयार पारेको ‘अुनराग’ नेपाली कथानक चलचित्रका मुख्य कलाकारद्धय विराटनगरमा आईपुगेका छन् ।
आगामी आसोज १२ गते शुक्रबार अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्मलाई प्रचार – प्रसार गर्दै मंगलबार विराटनगर आएका हुन् ।
नेपालका चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम र नव—नायक समुन्द्र पण्डितको अभिनित पहिलो चलचित्र ‘अनुराग’ हो । पत्रकार सम्मेलनमा कलाकारद्धयले भने ‘यो हाम्रो दुवैको डेव्यू फिल्म हो, ‘ यो एउटा प्रेम र संगीत क्षेत्रसँगको कथावस्तु रहेको छ । एकपटक हलसम्म पुगेर हेर्नुहोस ! तपाईहरुको प्रतिक्रिया लिने पर्खाइमा रहेका छौँ । फिल्म हेर्न लायक छ । हामीले धेरै मेहनत गरेर यो फिल्मलाई अनुरागको आभाष दिने प्रयास गरेका छौ ।’ नयाँ सोच, नयाँ जोश र जाँगरका साथ नेपाली चलचित्रमा भित्रिएको नव नायिका एलिजाले बताईन् ।
चलचित्रको कथावस्तु फरक भएकाले आफ्नो पुरानो सपना पुरा गर्नको लागि आफु तयार भएर यो क्षेत्रमा प्रवेश गरेको गौतमले पत्रकार सम्मेलनमा बताईन् । उनले भनिन म नेपालमा रहँदा यस क्षेत्रमा लागेर केही गर्ने सपना थियो, त्यसपछिका केही वर्ष म क्यानडामा बसे, फेरी पनि नेपाल फर्किएर पुरानो सपना पुरा गर्नको लागिपरेकी छु।’
एलिजा र समुन्द्रको सांगीतिक प्रेम सम्बन्धमा आधारित यस चलचित्रमा सरोज खनाल, ठिलेंन लामा, राजाराम पौडेल, शिशिर राना, विश्व बस्नेत, मोहन निरौला, रुपा राना लगायतले पनि अभिनय गरेका छन् । सत्यराज चौलागाईंले चलचित्रको निर्देशन गरेका हुन् भने ऋषि धमला फिल्मको प्रस्तुतकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्