विराटनगरमा बिद्यालय परिसरमै अनन्त पुजा, सरकारी विद्यालय पुजाकै लागि २ दिन बन्द

<span class='c1'>विराटनगरमा बिद्यालय परिसरमै अनन्त पुजा, सरकारी</span> <span class='c2'>विद्यालय पुजाकै लागि २ दिन बन्द</span>

प्रेम देवान
विराटनगर, १० असोज । विराटनगर १३ सैनिक टोलमा रहेको श्री बाल मा.बि.को पठन पाठन २ दिन ठप्प भयो भने एक दिन आधा दिन मात्र पठाई भयो । यसको कारण एउटै थियो विद्यालय परिसरमै लागेको दुई दिने अनन्त पुजा मेला । विराटनगर १३ सैनिक टोल बरगाछीमा हरेक बर्ष असोज महिनाको पहिलो साता २ दिन सम्म भव्य मेला लाग्दै आएको छ । यस पटक पनि त्यसलाई निरन्तरता दिईयो अनी असोज ७ र ८ गते मेला आयोजना भयो । मेला आयोजना त गरियो तर नियमित संचालन हुँदै आएको बिद्यालय नै २ दिन बन्दा गराईयो । बिद्यालय ९ गते पनि आधा समय मात्र संचालन भएको थियो ।
यसरी संचालन भईरहेको बिद्यालय किन बन्द गरियो न बिद्यालयका अभिभावकले सोधे न बिद्यालयका अन्य सरोकारवाला निकायले नै । २ दिनसम्म बिद्यालयमा लागेको मेलाका कारण बिद्यार्थीलाई बिदा दिईएको हो । आजका बालिका भोलीका देशका भबिश्य हुन विद्यार्थीहरुको भविश्य नै अन्यौलमा पार्ने गरी भएको बिद्यालयको यो गतिबिधिले धेरैलाई आश्चर्यमा पारेको छ ।
विहान र दिउसो २ सिफ्ट गरेर करिब ८ सय विद्यार्थी बिद्यालयमा अध्यन गर्दै आएका छन् । त्यही स्कुलमा अध्ययनरत कौशल कट्टेलका अभिभावक सीता कार्कीले भनिन्, ‘भगवानको पुजा गर्नुराम्रो हो, तर यसरी २ दिनसम्म विद्यालय बन्द नगरेको भए हुन्थ्यो ।’मेला राती लगाएर दिउँसो बिद्यार्थीको पठाई नबिगारेका भए हुने उनको भनाई छ ।
तर बिद्यालयका प्रधानाध्यापक पनि बिद्यालयमा मेला लगाको बारेमा गैर जिम्मेवार कुरा गर्छन् । प्रधानाध्यापक गोबिन्द गजुरेलले बर्षौदेखि पुजा गर्दै आएकोले समितिबाट माग आएपछि बिद्यालय दिईएको बताए ।
निरन्तर दिदै आएका छौँ यसपटक पनि निरन्तर नै दिनु भनेर समितिबाट माग आएपछि नाई भन्न सकिएन, प्रअ गजुरेलले भने, यो २ दिनसम्म बन्द भएर रोकिएको पढाईलाई हामी स्थानिय विदामा मिलाउँछौँ ।’
बिद्यालय बन्दैगरेर मेला लगाउनुलाइए सकारात्मक नभएको बताएका प्रअ गजुरेलले विकल्प खोजिरहेको बताए ।
हामी जन्मनुभन्दा पहिले देखि चल्दै आएको पर्व सार्न नमिल्ने अनन्त पुजा मुल समारोह समितिका संयोजक ओम प्रकाश रायले दाबी गरे । उनले अनन्त पुजा आदिमकाल देखि मनाईदै आएको पर्वलाई हटाउन नमिल्ने तर्क गरे ।

[caption id="attachment_65764" align="alignnone" width="1280"]  पुजा मुल समारोह समितिका संयोजक ओम प्रकाश राय[/caption]

ईतिहास बोकेको बगरगाछी फेदीमा गरिदै आएको पुजापाठ ठाँउ सानो भएर अहिले स्कुल परिसरमा मुर्ति राखेर पुजापाठ गरिदै आएको छ । यस पुजा तथा मेलामा सयौँको संख्यामा मेला भर्न आउने गरेको आयोजक समितिले जनाएको छ।
विराटनगर महानगरपालिका बालमैत्री नगर हो भन्ने बारेमा पहिला पनि गाउँगाउँमा गएर महानगरपालिका तथा बाल क्लबहरुले बिद्यालयमा कुनैपनि किसिमको गतिबिधि गर्न नपाउने गरी कार्यबिधि नै बनाएको छ । तर त्यही महानगरपालिका भित्रका शिक्षक तथा प्रधानाध्यापकहरु बिद्यालय बन्द गराएर मेला तथा पुजा गर्न दिँदा महानगरपालिकाको बालमैत्री अभियान के हुने भन्ने गम्भीर प्रश्न उठाएकोछ ।
यही बिद्यालयमा पनि बाल क्लबहरु रहेको भएपनि बाल क्लबहरुको भुमिका प्रभावकारी देखिएन । एउटा पुजा गर्न तथा मेला लगाउनको लागि नै बिद्यालय बन्द गराईन्छ भने अरु कार्यक्रममा के हुन्छ भन्ने चौतर्फी जिज्ञासा पैदा गरेको छ । बिद्यालय क्षेत्र भनेको शान्तिक्षेत्र हो । यस्ता बिद्यालयमा बालबालिकाको शैक्षिक गतिबिधि बाहेक राजनीतिक सभा, समारोह, आमसभा, धार्मिक गतिबिधिले प्रभाबित गर्न नहुने ब्यवस्था गरिएको महानगरपालिका बालबालिका शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्