“दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्छ”- मन्त्री घिमिरे

<span class='c1'>“दशैँअघि नै प्रदेश सरकारका आफ्नै</span> <span class='c2'>संरचना विस्तार भइसक्छ”- मन्त्री घिमिरे</span>

बिराटनगर असोज ११ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताउनुभएको छ । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री घिमिरेले प्रदेश सरकारलाई हालसम्म मन्त्रालय व्यवस्थित गर्न समय लागेको जानकारी दिनुभयो । मन्त्री घिमिरेले भन्नुभयो, “अब प्रदेश सरकारका अङ्गलाई विस्तार गरेर सुशासन, विकास र सहज सेवा प्रवाहमा केन्द्रित हुन्छौँ ।”

उहाँले बिहीबार शिक्षा र स्वास्थ्यको प्रादेशिक निर्देशनालय धनकुटामा स्थापना हुन लागेको जानकारी दिनुभयो । आफ्नै संरचना निर्माण भएपछि प्रदेश सरकार बजेट कार्यान्वयनमा लाग्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री घिमिरेले प्रदेश नं १ को स्थायी राजधानी र प्रदेशको नाम चाँडै टुङ्गिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्