साढे ३३ किलो सुन तस्करी : पूर्व डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा

<span class='c1'>साढे ३३ किलो सुन तस्करी : पूर्व</span> <span class='c2'>डिआईजी गोविन्द निरौला साधारण तारेखमा रिहा</span>

विराटनगर, ११ असोज ।
साँढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका अभियुक्त पूर्व नायव प्रहरी महानिरिक्षक डिआईजी गोविन्दप्रसाद निरौलालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले बदर गरेको छ ।
निरौलाले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवेदनमा उच्च अदालतका न्यायाधिशद्वय शारङ्गा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत मोरङले जेठ ८ गते गरेको आदेश प्रतिवादी खनालको हकमा आरोप, कसुर र सजाय एवं तत्काल संलग्न मिसिल र प्रमाणको रोहमा मिलेको नदेखिँदा निजको हकमा अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा किनारा गर्न जिल्ला अदालत मोरङलाई आदेश गरेको छ ।
साँढ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका १८ अभियुक्तको आज पेसी तोकिएको थियो । जसमध्ये १७ जनाको हेर्न नभ्याउनेमा परेका थिए । यसअघि निलम्बित वरिष्ठ प्रहरी उपरिक्षक दिवेश लोहनी, प्रहरी उपरिक्षक विकासराज खनाल र प्रहरी नायव उपरिक्षक प्रजित केसी पनि साधारण तारेखमा छुटेका थिए । अन्य प्रतिवादीको हकमा जिल्ला अदालतका फैसल सदर भएका छन् भने प्रहरी अधिकारीहरुको हकमा भने फैसलाहरु बदर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्