प्रदेश नम्बर १, घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित

<span class='c1'>प्रदेश नम्बर १, घरेलु हिंसा सम्बन्धमा</span> <span class='c2'>व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित</span>

विराटनगर, ११ असाेज ।  प्रदेश–१ को प्रदेशसभा बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिमको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथि छलफल भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयकले समाजमा घरेलु हिंसा कम हुने र यसबाट असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री जीवन घिमिरेले आएका सुझावले विधेयकलाई पूर्णता दिन सहयोग पुगेकोमा खुशी व्यक्त गरे । प्रदेशसभाको अर्को बैठक १४ असोज दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्