विराटनगर अस्पताल प्रालिमा महिलाको मृत्यु, मृतकका अाफन्तद्वारा डाक्टरलाई कारवाहीकाे माग

<span class='c1'>विराटनगर अस्पताल प्रालिमा  महिलाको मृत्यु,</span> <span class='c2'>मृतकका अाफन्तद्वारा डाक्टरलाई कारवाहीकाे माग</span>

विराटनगर, १२ असाेज । विराटनगरमा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल अन्तरगतको नर्सिङ होममा एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । इनरुवा नगरपालिका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन्दै टार्न खोजे पछि उनीहरु आक्रोसित बनेका हुन् ।
मृतक स्मिता श्रेष्ठका आफन्तले अस्पतालले विरामीलाई ‘ओभरडोज’ औषधी दिएका कारण मृत्यु भएको दाबी गरेका छन् । नर्सिङ होमले भेन्टिलेटरको अभाव देखाउदै अन्तै लैजान भने पछि ३५ वर्षीय स्मिताको विराटनगरको लाइगार्ड अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे थियो । विराट नर्सिङ होम आफुले गरेको लापरवाहिबाट बाच्न विरामीलाई अन्तै पठाउन भेन्टीलेटर खालि नभएको बाहना बनाएको आफन्तले आरोप लगाए ।
मृतकका आफन्तले लापरवाही गर्ने डाक्टरलाई भर्खरै आएको मुलुकी संहिता अनुसार कारवाही हुनु पर्ने माग गरेका छन् । सबै कागज प्रमाण लिएर कानुनी उपचारकोलागी न्यायलय जाने सचिनले बताए । पेट दुखाइको कारण पहिलो पटक असोज ३ गते उपचारकालागी  स्मिता नर्सिङ्गहोम आएकी थिइन । डाक्टर ज्ञानेन्द्र गिरीले अल्सर भएको बताएको मृतकका जेठाजु सचिन श्रेष्ठले बताए । स्मिताको ३ दिन नर्सिङ होममा उपचार भएको थियो । घर पुगेपछि पुनः स्मिताको पेट दुख्न थाले थियो । उनलाई पुनः नर्सिङ होममा भर्ना गरिएको थियो । केहि दिन देखि उनी अस्पतालमै उपचाररत थिइन ।
असोज १० गते बुधबार दिनभरी सामान्य रहेकी स्मिताको राति ९ बजे अचान पेट दुख्न सुरु भएपछि डाक्टरले औषधि दिएको मृतकका आफन्तले बताए । औषधी खाएको २५ मिनेट मै उनको अनुहार कालो भएर आएको मृतकका जेठाजु सचिनले बताए । नर्सहरुलाई खरबर गर्दा कालो लागेको भन्दै उनीहरुले विरामीको अनुहार पुछन थालेको उनले बताए ।
राति १ बजेपछि डाक्टरले भेन्टीलेटरमा राख्नु पर्ने तर अस्पतालमा खालि नभएकोले अन्तै लैजान भनेको सचिन बताए । अस्पतालले आफु पन्छिन त्यस्तो गरेको उनले अरोप लगाए ।
उपचारमा संलग्न डाक्टर ज्ञानेन्द्र गिरीले मृतकका आफन्तसँगको छलफलमा दुर्घना भएको भन्दै पन्छिन खोजेको आफन्तहरुको आरोप छ । मृतक स्मिताका दुइ छोरी  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्