सुनसरी, १२ असोज ।
दुहवी जेसिजले सुनसरीको दुहवीमा मिनि म्याराथुन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गरी असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा दुई सय जनाले भाग लिने जनाएको हो । ‘स्वस्थ्य मुटुकालागि दौड’ भन्ने मूल नाराकासाथ विश्व मुटु दिवसको अवसर पारेर मिनि म्याराथुन दौड आयोजना गर्न लागिएको छ । मिनि म्याराथुन दौड प्रतियोगिताको प्रथम हुने खेलाडीलाई ११ हजार १ सय, दोश्रो हुनेलाइ ८ अजार १ सय र तृतिय हुनेलाइ ५ हजार १ सय नगद सहित मेडल प्रदान गरिने दुहवी जेसिजकी अध्यक्ष कञ्चन झाले बताइन् । मिनि म्याराथन प्रतियोगितामा भाग लिन दुई सयको रजिस्टे«सन पछि चार सयको टिसर्ट दिइने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नकालागि दुहवी नगरपालिका वडा नम्वर ५ को कार्यालयबाट १ लाख सहयोग, भिक्टरी मसाला उद्योगले दुई सय थान टिसर्ट सहयोग गर्ने तथा विभिन्न संघ संस्थाबाट थप सहयोग जुटाईने आयोजकले जनाएको छ। २ लाख ६५ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जेसीसकी अध्यक्ष झाले जानकारी दिईन ।
दुहवी ५ स्थित श्री सरस्वती मा.विको खेल मैदानबाट शनिवार विहान साढे ६ बजे सुरुहुने प्रतियोगिता दुहवी बजार हुँदै रमपम उद्योगवाट पुन सरस्वती मा.विको मैदानसम्म ५ किलोमिटरको तय गरिएको छ । भोली शनिवार हुने प्रतियोगिता सम्पन्न भए लगतै दुहवीका यूवाहरुलाइ भेला पारेर लाइफगार्ड अस्पतालको सहकार्यमा स्वस्थ्य मुटु कसरी भन्ने विषयमा जनचेतनामूलक कार्यक्रम समेत गरिने आयोजकले जनाएको छ ।