सिरहामा सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सात पक्राउ

<span class='c1'>सिरहामा सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर</span> <span class='c2'>रकम लुट्ने सात  पक्राउ</span>

सिरहा असोज १२ : गत भदौँ २८ गते सिरहा नगरपालिका- २२ बाट सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सातजनालाई हतियारसहित सिरहा प्रहरीले पक्राउ गरेको छ। लुटेराले सृजना सामुदायिक सहकारी संस्थाका दुईजना कर्मचारीसँग ३ लाख ९३ हजार रुपैयाँसहित मोटरसाइकल लुटेको थियो। पक्राउ पर्नेमा एक भारतीय र ६ धनुषा जिल्लाका रहेका छन्। सिरहा प्रहरीले धनुषा प्रहरीसँग समन्वय गरी धनुषाकै विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउन पर्नेमा भारतीय नागरिक मधुवनी जिल्ला ग्राम पञ्चायत छतौना २ का २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा जिल्लाको विदेह नगरपालिका- १ का २० वर्षीय नरेश कुमार ठाकुर, १९ वर्षीय रविन्द्र ठाकुर, ठाडी झिझाका श्याम सुन्दर ठाकुर, कमला नगरपालिका- ६ हतमुण्डाका १९ वर्षीय रमेश कुमार महतो, कमला नगरपालिका- ८ हरिणेका २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका -१ पुर्वारी टोलका २२ वर्षीय चन्द्रशेखर यादव रहेका छन्।

प्रहरीले लुटेराहरुको साथबाट 'मेड इन युएसए ७१०' लेखिएको पेस्तोल १ थान, म्यागजिन १ थान, 'मेड इन इटाली' लेखिएको स्वचालित पेस्तोल १ थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल १ थान, ६ हजार १५० नेपाली रुपैयाँ, विभिन्न कम्पनीको सिमकार्ड ५ थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमति पत्र, लुटिएको नेपाली नम्बर प्लेटसहित बीआर ३२ ए ९३७३ नम्बर प्लेटका २ मोटरसाइकल बरामद बरामद गरेको एसपी श्रेष्ठले जानकारी गराए।

उक्त सहकारीका सिरहा शाखा फिल्ड सहायक हरेराम पण्डित र कनिष्ठ अधिकृत लालकुमार सिंहलाई अर्नामा गाउँपालिकाबाट किस्ता रकम उठाएर आउँदै गर्दा सिरहा नगरपालिका २२ सागरपुरस्थित मैनावती नदी नजिकै पक्राउ परेका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्