धरानमा बलात्कारकाे श्रृङ्खला, मामाघरमा सुतेका दिदी बहिनी ओछ्यानमै बलात्कृत

<span class='c1'>धरानमा बलात्कारकाे श्रृङ्खला, मामाघरमा सुतेका</span> <span class='c2'>दिदी बहिनी ओछ्यानमै बलात्कृत</span>

धरान, १२ असाेज। मामा घरमा सुतिरहेका दुई बालिका शुक्रबार विहान बलात्कृत भएका छन् । धरान–६ पानवारी मामाघर भएका उनीहरु मामाघरमा सुतिरहेको अवस्थमा नै बलात्कृत भएका हुन् । मामाघरमा हजुरआमाको निधन भएपछि जुठो बार्न आमाको साथ लागेर आएका १५ वर्षिय दिदी र १३ बर्षिय बहिनी बलात्कृत भएका हुन् । राती अबेरसम्म जागा (किरियापुत्री रुगेर) बसेका केराबारी–५ देवीटारका अंशु कामीले विहान ४ बजेपछि कोही नभएको मौका छोपी बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
आफन्तका अनुसार बलात्कारी कामीले सँगै एउटै ओछ्यानमा सुतेकी दिदीलाई छोपुवा विमारले भेटेको बेला बेहोस अवस्थामा बलात्कार गरेको र बहिनीको संवेदनशिल अंग निमोठिदिएका छन् । बलात्कारीलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिइसकेको छ । बलात्कारीलाई कडा भन्दा कडा सजायको माग गर्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार घटनाका आरोपीलाई शुक्रबार विहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषि माथी कारबाही अगाडी बढाइने जानकारी दिएका छन् ।
धरानमा दिनदिनै बलात्कारका घटना बढीरहेको छ । गत शनिबार राति धरान–११ सगरमाथा बस्तीकी एक बालिकालाई ललाई फकाई पार्कमा लगेर ३० वर्षिय दुर्गाबहादुर विकले बलात्कार गरेका थिए । त्यस्तै धरान–५ कि एक युवतीलाई आफ्नै मामाले बारम्बार बलात्कार गरेको घटना यस अघि सार्वजनिक भएको थियो भने दोषि अझै पक्राउ पर्न सकेका छैनन् । (साभार : ब्लाष्ट खबर डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्