मोरङको जेफाले बिहार देखि बंगालसम्मको रोजाई, समस्या भौतिक पुर्बाधार र सडक संजालको

<span class='c1'>मोरङको जेफाले बिहार देखि बंगालसम्मको रोजाई,</span> <span class='c2'>समस्या भौतिक पुर्बाधार र सडक संजालको</span>

विराटनगर, १३ असोज ।
मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफाले डाँडा मोरङ जिल्लाको पर्याटकिय स्थल हो । यो पर्यटकिय क्षेत्र केरावारी गाउँपालिका वडा नम्बर २ मा अबस्थीत छ । विराटनगरबाट ६७ किलोमिटर उत्तरमा पर्ने यो स्थल १ हजार ९ सय ८० मिटरको उचाइमा मनोरम हावेचौरी गाउँ छ । ३५ घरघुरी भएको उक्त बस्तीदेखि करिब पाँचसय मिटर उचाइमा जेफाले डाँडो छ । यस स्थलबाट एक नम्बर प्रदेशको १४ जिल्लाको दृश्यसहित सूर्योदय अनि सूर्यास्तको दृश्य देख्न सकिन्छ । जेफालेबाट कञ्चनजंघा, मकालु र सगरमाथा हिमालको दृश्य पनि देख्न सकिने स्थानीय नारायण राईले बताए । मगर जातिको बाहुल्य रहेको त्यस ठाउँमा पर्यटकलाई हुर्रा नचाएर थप मनोरञ्जन दिने उनीहरूको परम्पराबाट आन्तरिक पर्यटकहरू यो स्थलमा पुग्ने गरेका छन् ।
बर्षमा ७ देखी ८ हजारसम्म पर्यटक भित्रयाउन सफल मोरङको प्रसिद्ध पर्यटकिय क्षेत्र जेफालेको विकासमा सडक , सुरक्षा र सञ्चार समस्या अझै बाधक बनिरहेको छ । जेफालेकालागि बषौदेखी कायम रहेको सडक , सुरक्षा र सञ्चारको समस्या अझै विकासको बाधक बनेको हो ।
धनकुटा र मोरङ जिल्लाको सिमानापर्ने जेफाले डाँडामा भ्यु टावर निर्माण गरेर फेदी हाबेचौरी गाउँमा होमस्टे संचालन गरेपछि पर्यटक मनग्गे पुग्न थालेका छन । गत तीन बर्षदेखी बर्षेनी ७ देखी १० हजार सम्म पर्यटक जेफालेमा आएर बस्न थालेको होमस्टे संचालक समिति सचिव भीम ठकुरीले बताए । उनका अनुसार बिकट सडकको अझै पुरा स्तरोन्नती नहुँदा , सुरक्षाकालागि प्रहरी चौकी स्थापना नगर्दा र भरपर्दो नेटबर्ककालागि मोवाइलको टावर नहुँदा अझै जेफालेको पर्यटनमा समस्या भईरहेको उनको भनाई छ ।
जेफालेमा २०७० सालदेखी तत्कालिन जिल्ला बिकास समिति मोरङको सहयोगमा होमस्टे संचालनमा ल्याईएको हो । हाबेचौरमा हाल ७ घरमा होमस्टे संचालित छन् । एक रातमा ५० जना पर्यटकलाई सुताउन र खानपान गराउन सक्ने क्षमता यहाँका होमस्टेहरुको छ । पहिले फाटफुट्ट पर्यटक पुग्ने गरेको भएपनि भ्यु टावर पुर्ण रुपमा संचालनमा आएपछि मनग्गे पर्यटकहरु आउन थालेका छन । गर्मीको समयमा कहिलेकाही त होमस्टेमा ठाउँ नपाएर पर्यटकहरु फर्केन पनि बाध्य हुन्छन ।
होमस्टे सचालक महेन्द्र खडकाकाका अनुसार पर्यटक आउन थालेपछि एउटा होमस्टेले मासिक ५ देखी ७ लाख रुपैया सम्म कारोवार गर्न थालेका छन । पर्यटक आउन थालेपछि यस क्षेत्रको आर्थिक गतिबिधि पनि ह्वात्तै बढेको छ ।
सुर्योदय हेर्ने र चिसो मौसमको आनन्द लिन
बाह्रै महिना चिसो हावापानी र मनोरम दृश्यले गर्दा पर्यटकहरु जेफाले डाँडा चढेर सुर्योदय हेर्न र एक नम्बर प्रदेशका बिभिन्न जिल्लाहरु अवलोकन गर्न पुग्ने गर्दछन । शान्त र कोलाहल रहित जेफालेमा रहेको चिया बगान घुम्न र स्थानिय सँस्कृतिको अध्ययन गर्न पनि पर्यटकहरु पुग्ने गर्दछन । बिराट क्षेत्र पर्यटन प्रबृद्धन बिकास समितिका अध्यक्ष तथा जेफाले पर्यटकिय क्षेत्र संरक्षण समितिका समेत निवर्तमान अध्यक्ष रहेका स्थानियबासी डिल्लीप्रसाद अधिकारीले राम्रो आर्थिक आम्दानी हुने जेफालेसम्म सडकको स्तरोन्नती गर्न र सुरक्षा र सञ्चारको टावर स्थापना गराउन पटक पटक पहल गरेपनि समस्या समाधान भई नसकेको बताए । अहिले समितिको समयाबधी सकिएको छ ।
सडक समस्या
सडक स्तरोन्नी गरेर सञ्चारको राम्रो सुबिधा पुरयाएमा झापा , मोरङ र सुनसरीका मात्र नभइ बिहार र बंगालका पर्यटकहरुलाई पनि सहजै जेफाले पुरयाएर प्याकेजमा भ्रमण गराउन सकिने बिराटनगरका होटल व्यवसायीहरु बताउँछन । कोही जोखिम मोलेर भएपनि मोटर साइकल र निजी सवारी लिएर केरावारीहुदै जेफाले सम्म पुग्ने गरेका छन भने कोही लामो यात्रा भएपनि धनकुटाको भेडेटार , डाँडाबजार, राजाराजी हुदै धनकुटाको समेवा भएर जेफाले पुग्ने गरेका छन । पर्यटकहरुको रोजाईमा परेकोले केरावारी जेफाले सडकको चाँडो पुरै स्तारोन्नती भएमा जेफाले जाने पर्यटकहरुको कमी नहुने पर्यटन ब्यवसायी भविश श्रेष्ठले बताए । पुर्ब विराट क्षेत्र पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले जेफालेको लागि २० बर्षदेखि लगानी भईरहेको सडक समस्याको रुपमा रहेको र सडकको सहज पहुँच पुग्ने बितिकै पुर्बको राम्रो उत्कृष्ट पर्यटकिय गन्तब्य बन्न सक्ने उनको भनाई छ । चिया बगान, ग्राउण्ड एपल लगायतको आनन्द स्वाद यहीँ लिन सकिने उनको भनाई छ ।
पदमार्गको रुपमा विकास गर्नको लागि पनि पर्यटन ब्यवसायी तथा होटल ब्यवसायीले पहल शुरु गरेका छन् । मोरङको राजारानीबाट सिंहदेबी हुँदै धनकुटाको भेडेटारसम्मको पदमार्गको रुपमा विकास गर्ने गरी चाँडै त्यसलाई ट्रेकिङ रुटको रुपमा विकास गर्ने काम पनि भईरहेको श्रेष्ठ बताउँछन् । करिब ५ घण्टामा रमणीय ट्रेकिङ रुटको रुपमा विकास गर्ने तयारी भईरहेको छ, उनले भने, ब्यवसायीको तर्फबाट पहल भएपनि राज्यको तर्फबाट कूनै पनि पहल भएको छैन ।
जेफाले पुर्वपश्चिम राजमार्गमा पर्ने खोर्साने चौकदेखी ३२ किलोमिटर उत्तरमा पर्दछ । खोर्सानेबाट ७ किमी दुरीमा रहेको केरावारीबाजार बाट उत्तर पहाडी मार्ग भोगटेनी हुदै केरावारी गाउँपालिका २ मा पर्ने जेफाले सम्मकालागि २०५२ सालदेखी सडक निर्माण भैरहेको छ । तर हाल केरावारीबाट भोगटेनी सम्म १२ किमी सडक स्तर उन्नती भएपनि अझै जेफाले सम्मको १३ किमी सडक स्तरोन्नती भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्