विराटनगरको आरोहण गुरुकुलमा “एक चिहान” नाटक भब्यरुपमा मञ्चन

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा “एक</span> <span class='c2'>चिहान” नाटक भब्यरुपमा मञ्चन</span>

विराटनगर असोज १४ , विराटनगरको आरोहण गुरुकुलमा चर्चित उपन्यासमा आधारित नाटक "एक चिहान" मञ्चन भईरहेको छ । बिराटनगरको हामी युवाको आयोजनामा स्वर्गीय उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित उपन्यास एक चिहानको नाट्य रुपान्तर गरी मञ्चन सुरु गरिएको हो ।

असोज ६ गतेदेखि सुरु भएको नाटक असोज १६ गते सम्म मञ्चन हुने निर्देशक मुकेश कर्णले जानकारी दिए । शुक्रबार एक दिनमा ५ शो नाटक मञ्चन गरिएको निर्देशक कण बताए । स्व. उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहान कक्षा ११ र १२ को पाठ्यक्रम पनि समाबेश छ । पहाडी गरिबी परिबेसमा रहेको नेवार परिवारले भोग्नु परेका समस्या र अफ्ठयाराहरुका बारेमा ब्याख्या गरिएको छ ।मुकेश कर्णले निर्देशन गरेको नाटकमा देबेन्द्र यादव, सुरेश मण्डल, अश्मिना भट्टा कर्ण, उद्धव सापकोटा, राजेश ढकाल, राम राजबंशी, अनु श्रेष्ठ, समिक्षा कार्की, बिकास पराजुली, प्रेम दाहाल, सुबास बिष्ट र भरत कार्कीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्