प्रदेश १ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखिएको मुख्यमन्त्रीको भनाई

<span class='c1'>प्रदेश १ सरकारले कृषिलाई पहिलो</span> <span class='c2'>प्राथमिकतामा राखिएको मुख्यमन्त्रीको भनाई</span>

विराटनगर, १४ असोज ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकले विराटनगरमा आयोजना गरेको कृषिक्षेत्रको विकासमा सरकारी र निजीक्षेत्रको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले प्रदेश एकका पहाडी तथा तराईका जिल्लाहरु जडिबुटी,तरकारी र अन्न उत्पादनको भण्डारकोरुपमा रहेको बताउदै प्रदेश एकको उर्बर माटोलाई सदुपयोगबाट यो प्रदेश आत्मनिर्भर हुनसक्ने आधार रहेको बताए । कृषि क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले निति तथा कार्यक्रम मार्फत सम्बोधन गरिसकेको बताउनुहुंदै उहाँले कृषिक्षेत्रलाई उद्योगकोरुपमा बिकासगर्ने तथा रोजगारी सृजनागर्ने बिषयमा समेत प्रदेश सरकारको ध्यान केन्द्रीत रहेको बताए ।
मुख्यमन्त्री राईले भर्खरै विराटनगरमा कृषि निर्देशनालय स्थापना गरिएको स्मरण गर्दै प्रदेशका अन्य जिल्लामा समेत कृषि कार्यालयहरु स्थापना गरेर बजेट परिचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्