नोबेल मेडिकल कलेज विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । नोबेलमा व्यापक अनियमितता हुने गरेको भन्दै अख्तियारको काठमाडौं टोलीले नोबेलमा छापा मारेको आजको विराटपथ दैनिकले समाचार छापेको छ । नोबेलमा क्राइट एरिया पुरा गर्न ९ सय शैय्या हुनु पर्ने भएता पनि टोलिले ५ सय ५० वटा शैया मात्र भेटेको समाचार विराटपथमा छ । साथै टोलीले नोबेल वरिपरि अत्याधिक मात्रामा फोहोर समस्या पाएको जनाइएको छ । कलेजका प्रशासन प्रमुख नारायण दाहालले भने अख्तियारको टोली नियमित अनुगमन अन्तर्गत आएको बताए । उनका अनुसार नोबेलमा शैय्या संख्या पर्याप्त रहेको दाबी गरे ।