नक्खु कारागारबाट फिल्मी शैलीमा विदेशी कैदी भागेपछि..

<span class='c1'>नक्खु कारागारबाट फिल्मी शैलीमा</span> <span class='c2'>विदेशी कैदी भागेपछि..</span>

काठमाडौं,१८ असाेज। नक्खु कारागारमा बुधबार बिहान कर्मचारी र सुरक्षाकर्मीबीच खैलाबैला मच्चियो । कारगारको डीआरसी ब्लकमा रहेका एक बेलायती कैदी भित्र थिएनन् ।

सुरुमा कर्मचारीले उनी शौचालय गएको अनुमान गरे । तर केही बेरपछि नै मुकदुर हुसेन जेलबाट भागेको पत्तो लाग्यो ।
कारागार स्रोतका अनुसार ओभर स्टेबापत २०७४ जेठदेखि थुनामा रहेका हुसेन जेठ २२ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट नख्खु पुर्‍याइएका थिए । उनी रातको १ देखि २ बजेको बीचमा भागेको हुन सक्ने कारागार प्रशासनको अनुमान छ ।
प्रहरीले उनलाई बिहान साढे ७ बजेतिर पुल्चोक नजिकैबाट फेरि नियन्त्रणमा लिएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्