बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द

<span class='c1'>बागमती अञ्चलमा नयाँ मोटरसाइकल</span> <span class='c2'>दर्ता प्रक्रिया बन्द</span>

काठमाडौं, १९ असाेज ।  स्पष्ट कानुनी व्यवस्था नहुँदा बागमती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया बन्द भएको छ । मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्नेबारे स्पष्ट कानुनी व्यवस्था नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको हो ।

यातायात व्यवस्था विभागका अनुसार बागमती अञ्चलमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको छ । यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ। यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकलमा तीन अंक राखेर दर्ता गर्न सकिदैन।नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको विभागले जनाएको छ। दनयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएपछि चाडपर्वको अफरमा मोटरसाइकल किन्ने तयारी गरेका ग्राहक अन्यौलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्