इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

<span class='c1'>इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन</span> <span class='c2'>क्रिकेट प्रतियोगिताको तयारी पूरा</span>

इनरुवा असोज २० । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो ।

सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिनुभयो । प्रतियोगितालाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टी ट्वान्टी ९२०० प्रतियोगिता इनरुवास्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने जनाइएको छ । उद्घाटन खेल आयोजक फूलबारी क्रिकेट क्लब र बेलबारी क्रिकेट क्लबबीच खेल हुनेछ । खेल राति ७ बजेबाट शुरू हुने आयोजक संस्थाका अध्यक्ष यादवले बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रतियोगिता मुलुककै लागि गौरव भएको बताउँदै इनरुवालाई चिनाउनका लागि समेत रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्