दशैंमा पाँच टाउके महादेवको दर्शन गर्न पाइने

<span class='c1'>दशैंमा पाँच टाउके महादेवको</span> <span class='c2'>दर्शन गर्न पाइने</span>

काठमाडौं, २२ असाेज । बडादशैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन दर्शन गर्न पाइने भएको छ । घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षात्कार गर्न पाउने छन् ।

पुजारी पुरुषोत्तम कर्माचार्यले यसको व्यबस्थापन गरिने जानकारी दिए । धार्मिक क्षेत्रमा महादेव, जुँगे महादेव र पाँच टाउके महादेवको आआफ्नै महत्व रहेको धार्मिक ग्रन्थहरूमा वर्णन छ ।अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार यहाँको शक्ति पीठ झङ्केश्वरी, वनकाली, गुह्येश्वरी, भुवनेश्वरी, जयवागेश्वरीमा विशेष अर्चना यो पल्ट हुँदैछ भने अमालकोटमा रहेको तलेजुमा पनि योपल्ट भव्य अर्चना हुँदैछ ।

पाँच टाउके महादेवको मूर्ति अवलोकन दुर्लभ मानिन्छ । राजराजेश्वरी पीठमै यी महादेव रहेकाले बडादशैँ, चैतेदशैँ र प्रत्येक शुक्ल अष्टमीमा यी महादेवको अर्चना हुन्छ । नवदुर्गा पनि भनिने यो पीठमा बडादशैँमा नवरात्र मेला लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्