ह्युम पाइपमा च्यापिँएर बालकको ज्यान गयाे, तीन बालिका घाइते

<span class='c1'>ह्युम पाइपमा च्यापिँएर  बालकको</span> <span class='c2'>ज्यान गयाे, तीन बालिका घाइते</span>

पर्सा.२३ असाेज । पर्सामा ह्युम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर च्यापिँदा एक बालकको ज्यान गएको छ । तीन बालिका घाइते भएका छन् ।

सोमबार बेलुकी विरगञ्ज महानगरपालिका ९ रातो बंगलामा पाइपमाथि खेलिरहेको बेलामा पाइप गुडेर च्यापिँदा विरगन्ज ९ रानीघाटका बाल मुकुन्द प्रसाद राउतका ८ वर्षका छोरा रोहितको ज्यान गएको प्रहरीले जनाएको छ । रोहितको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो । यस्तै पाइपले च्यापिएर पर्साकै जिरा भवानीपुर गाउँपालिका १ का गोविन्द चौधरीका १० वर्षकी अनुष्का र ४ वर्षकी अंकिता तथा विरगन्ज ९ का राकेश यादवकी ९ वर्षकी छोरी आयुषा घाइते भएका छन् । उनीहरुको विरगन्ज हेल्थ केयर विरगन्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ । थुपारेर राखेको ह्युम पाइपमा खेल्ने क्रममा पाइप गुडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्