काठमाडौं, २५ असाेज । बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरणविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई निलम्बन गरेको छ ।
अर्को निर्णय नभएसम्मका लागि डा रम्भा गोइत र डा विजयकुमार सिंहलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाएको काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले जनाए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ