जनहित यूवा स्पोटिङ क्लब विजय नजिक

<span class='c1'>जनहित यूवा स्पोटिङ</span> <span class='c2'>क्लब विजय नजिक</span>

विराट युथ फुटबल एकेडेमी विराटनगरको आयोजनामा  तिनपैनी खेल मैदानमा सञ्चालन भईरहेको प्रथम विना स्मृति युथ–१५ फुटबल प्रतियोगिता अन्तरगत अन्तिम सेमिफाईनल खेलमा जनहित यूवा स्पोटिङ क्लब नयाँ बजार  विजयी भइ उपाधि नजीक पुगेको छ ।
नयाँबजारले शनिबार सम्पन्न खेलमा योङहर्ट ग्रुप महेशपुरलाई १–०  को गोल अन्तरले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णयक गोल नयाँबजारका शुसिल हास्दाले गरेका थिए ।  खेलको म्यान अफ द म्याच नयाँबजारका प्रकास मुर्मु घोषित भए । बिजेता टिमले नगद ५ हजार र ट्रफी तथा उपविजेता टिमले नगर ३ हजार र ट्रफि हात पार्ने छन् ।
बैशाक १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा मोरङका १६ र सुनसरीको एक टिमको सहभागिता रहेको छ । फाईनल खेल जनहित यूवा स्पोटिङ क्लब नयाँ बजार र आयोजक विराट युथ फुटबल एकेडेमी बीच सामबार हुने खेल संयोजक विक्की कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्