विराटनगरकाे ट्राफिक ब्यवस्थापन अस्तब्यस्त , रमिते ट्राफिक प्रहरी

<span class='c1'>विराटनगरकाे ट्राफिक  ब्यवस्थापन  अस्तब्यस्त</span> <span class='c2'>,  रमिते ट्राफिक  प्रहरी</span>

प्रेम देवान ।
विराटनगर, २६ असोज ।
विराटनगर एक नम्बर प्रदेशको अस्थायी राजधानी हो । पछिल्लो समय बिराटनगरको चहल पहल बढेसँगै ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ । जनसख्याको बढ्दो चापका कारण सवारी ब्यवस्थापनमा समस्या देखिएको हो । विराटनगरमा धेरै सरकारी कार्यलय, अस्पातल, स्कुल कलेज तथा एक नम्बर प्रशदेको मन्त्रालयहरु रहेका छन् । त्यसैको असर अहिले बजारको ब्यवस्थापन समस्याको रुपमा रहेको छ ।
नेपालीहरुको महान् चाड पर्ब नजिकिँदै गर्दा पनि बजार थप ट्राफिक ब्यवस्थापनमा समस्याको रुपमा देखिएको हो । दशैको मुखमा बजारमा उपभोक्ताको भिडभाड हुनु त छनै त्यो नहुँदा पनि ट्राफिक प्रहरीले सहज रुपमा ट्राफिक ब्यवस्थापन गर्न सकेको छैन । विराटनगरमा अहिले सबैभन्दा समस्या, ट्राफिक चोक, जलजला मोड, अस्पताल चोक तथा हनमान मन्दीर चोकमा देखिएको छ । बढ्दो सवारी साधनको चापले गर्दा विराटनगरमा अहिले दैनिक ट्राफिक जाम हुने गरेको छ ।
यसरी बढ्दो सवारी साधनको चापले गर्दा आम सर्वसाधरण यात्रुलाई पनि हिड्डुल गर्न समस्या भएको विराटनगरकी ९ ट्राफिक चोककी नेहा राईले बताईन् । केही दिन देखि बिराटनगरको मुख्य बजारमा बाटो काट्नै समस्या हुन थालेको उनको अनुभव छ ।
विराटनगर मेनरोडका सडक साँघुरा छन् अनि त्यही साँघुरा सडकमा सयाँै सिटी रिक्सा, अटो रिक्शा, कार, मोटर साईकल, साईकल, ठेला अनि स्कुल तथा कलेजका ठूला बसले गर्दा ट्राफिक व्यावस्थापनमा ब्यापक समस्या देखिएको हो ।
विराटनगरको मेन बजारका बुधहाट चोक, जलजल चोक, हस्पिटल चोक, धरान रोडको शनिमन्दिर चोकमा सबैभन्दा ट्राफिक ब्यवस्थापनमा समस्या छ । यिनै चोकमा ट्राफिक ब्यवस्थापन गर्न बसेका ट्राफिक प्रहरी सवारी ब्यवस्थापन गर्न भन्दा पनि थप समस्या सिर्जना गरेको सवारी चालकहरुका् गुनासो छ । सवारी ब्यवस्थापन नै गर्न नजानेको हो की भन्ने भान हुने उनीहरुको गुनासो छ ।
ट्राफिक ब्यवस्थापनमा समस्या बढ्दै जानथालेपछि मोरङका ट्राफिक प्रहरी प्रमुख नै आफै सडकमा खटिएकोे दाबी गर्छन् । ट्राफिक प्रहरी निरिक्षक शिव पोखरेलल ट्राफिक व्यावस्थपानमा गर्न आफै फिल्डमा खटिने गरेको बर्ता ।
उनका अनुसार, जनशक्तीको अभावको कारण समस्या देखिएकोले आधा दर्जन ट्राफिक प्रहरी थप्ने तयारी भईरहेको छ । विराटनगरमा विहान ९ बजेदेखि ११ र दिउँसो ४ बजेदेखि साँझ ६ बजे सम्म ट्राफिक ब्यवस्थापनमा समस्या देखिँदै आएको प्रहरी निरिक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्