पुर्व मन्त्री जयप्रसाद गुप्ताले पहिलेकै जस्तो गलत तवरले निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग गठन भए सामाजीक सद्भाव विथोलीनुका साथै राष्ट्रिय एकतामा आंच आउने बताउनु भएको छ ।
विराटनगर–११ मधुमारा स्थित आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा गुप्ताले अघिल्लो आयोगले क्षेत्र पुर्ननिर्धारणको अवधारणा र मापदण्ड विपरित निर्वाचन क्षेत्रको पुर्ननिर्धारण गर्दा मधेशी र पर्वतिय समुदायविचको सद्भाव खल्बल्याएको दावी गर्दै अहिले बन्ने आयोगमापनि त्यहि मनशाय राखेर निर्वाचन क्षेत्र निर्धारण गरे सामाजीक सद्भाव विथोलीने मात्र नभई राष्ट्रिय एकता नै धरापमा पर्ने चेतावनी दिनुभयो ।
उहांले अब निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग बनाउंदा चारदलको भागबण्डावाट नबनाई सबै पक्षसंग बृहद छलफल गरेर नयां मापदण्ड तोकेर बनाउनुपर्नेमा जोड दिनुभयो । गुप्ताले भन्नुभयो “निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग गठन गर्दा सबै दलहरुलाई मान्य हुने गरी गर्नुपर्ने र क्षेत्र निर्धारण गर्दा सामाजीक सद्भाव नविग्रीने र राष्ट्रिय एकतामा आंच नआउने बैज्ञानिक तवरवाट गरिनु पर्छ । ” यदी मन्त्री परिषद्ले चारदलीय भागबण्डावाट तोकेका ब्यक्तिलाई सिफारिस गर्ने र राष्ट्रपतीले तिनैको नामलाई सदर गरे निर्वाचन हुन नसक्ने र मुलुकले निकास नपाउने उहांले ठोकुवा गर्नुभयो । पहिलेको आयोगले गलत मनशायवाट निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेशमा ११६ क्षेत्र भएपनि ४० वटा क्षेत्रमा पर्वतिय समुदायका मानिस चुनिने गरी निर्धारण गरेकोले सामाजीक सद्भाव विथोलेको उहांको दावी थियो । उहांले चारदलको खटनपटनमा मन्त्री परिषद्का अध्यक्ष्ँ खिलराज रेग्मीले काम गरिरहेकोले उनले गराउने चुनाव समेत स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताउनुभयो ।