स्याङ्जामा गाउँपालिका अध्यक्षले कुटे प्रहरी जवान

<span class='c1'>स्याङ्जामा गाउँपालिका अध्यक्षले</span> <span class='c2'>कुटे प्रहरी जवान</span>

स्याङ्जा, ७ कात्तिक ।  स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्धरले प्रहरी जवान चौधरीमाथि हातपात गरेको बताइएको छ। ती समूहबीच गत वर्ष पनि भलिबल प्रतियोगितामा झगडा हुँदै आएको बताइएको छ। खेल प्रतियोगिताको सुरक्षाका लागि ३ प्रहरी जवान खटिएका थिए।

[caption id="attachment_67706" align="alignnone" width="700"] प्रहरी जवानमाथि हातपात  गर्ने स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष  खिमनारायण मानन्धर  ।[/caption]

मानन्धरले हातपात गरेका प्रहरी जवानलाई सामान्य चोटपट लागेको छ। गाउँपालिका अध्यक्षले कानुन हातमा लिनु दुर्भाग्य भएको प्रमुख जिल्ला कोषहरि निरौलाले बताए। उनले मानन्धरको कार्यप्रति आपत्ति जनाएका छन्। घटनाकाे पूर्ण विवरण पेस गर्न निर्देशन दिएको बताउँदै निरौलाले त्यसै अनुरुप कानुनी प्रक्रिया सुरु गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्