जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १६ घाइते

<span class='c1'>जीप दुर्घटना हुँदा १ जनाको</span> <span class='c2'>ज्यान गयो, १६ घाइते</span>

गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ जाँदै गरेको लु १ च ७३७० नम्बरको जीप इस्मा गाउँपालिका–२ को पालुखामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक प्रेम जिसीसहित २ जनालाई थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज पाल्पामा पठाइएको छ । अन्य घाइतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्