झापाकाे दमकमा आगलागी, ४१ लाखको क्षति

<span class='c1'>झापाकाे दमकमा आगलागी,</span> <span class='c2'>४१ लाखको क्षति</span>

झापा, ९ कात्तिक । झापाको दमक नगरपालिका- ६ मा  आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको छ ।  लोकनाथ सिग्देलको फलाम, टिनको छानो, टिनको बेरा भएको एक तले पार्किङ ग्यारेज र सोही ठाउँ बस्ने आनन्दकाजी श्रेष्ठको टिनको छानो, टिनको बेरा, भएको एक तले कपासको गोदाममा आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँ बस्ने राजेश तम्राकारको ग्यारेजमा पार्किङ गरी राखेको बा १७ च ३०९५ नम्बरको कार,  ग्यारेज जलेर ३१ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी श्रेष्ठको गोदाम घर, कपास लगायत काठपात जलेर नष्ट हुँदा  १० लाख मूल्य बराबरको क्षति भएको छ । अागाे  इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको थियाे   । आगलागीको कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्