रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारमा समन्वयको अभाव

<span class='c1'>रानी–विराटनगर–इटहरी–धरान सडक विस्तारमा</span> <span class='c2'>समन्वयको अभाव</span>

विराटनगर, ९ कात्तिक। रानी–विराटनगर–इटहरी–धरानको ४९ किलोमिटर सडक विस्तार योजनाको काम अहिले पनि धमाधम चलिरहेको छ । ५ वर्ष अगाडि निर्माण शुरू भएको यो सडक २०७६ भित्र सक्नु पर्ने हो । तर, विद्युत् पोल समयमै स्थानान्तरण नहुँदा तोकिएको समयमा निर्माण पूरा गर्न समस्या भएको निर्माण कम्पनीले बताएको छ । दुहबीको बजार क्षेत्रमा सडक विस्तार, इटहरीदेखि खनारसम्मको टेङ्ग्रा खोलाको व्यवस्थापन, विराटनगर बजार क्षेत्रमा ५० मिटर चौडा गर्नका लागि जमीन अभावजस्ता समस्याले निर्माणकार्य प्रभावित भइरहेको बेला विद्युत् पोल स्थानान्तरण समयमै नहुँदा अर्को समस्या थपिएको हो । कान्छाराम कन्ष्ट्रक्शनका प्रमुख पूर्णबहादुर तामाङले विद्युत् प्राधिकरणले समयमै पोल नसार्ने हो भने आफूहरूले तोकेको समायावधिमा काम नसक्ने बताए ।

विराटनगरदेखि धरानको सडकमा अहिले पनि निर्माणको काम भइरहेको छ । ढल तथा नाला निर्माणको काम धेरै ठाउँमा सकिएको छ । अब रोडा भर्ने, ग्राभेल गर्ने र कालोपत्र गर्ने काम बाँकी छ । यो काम गर्न धेरै समय नलाग्ने भए पनि विद्युत् पोल बीच बाटोमा हुँदा काममा समस्या भइरहेको निर्माण कम्पनीको दाबी छ ।नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख सच्चितानन्द यादवले आफूहरूको जिम्मामा पोल सार्ने काम नभएको बताए । ३३ किलोमिटर क्षेत्रमा अहिले १३ ओटा विभिन्न ठेकेदार कम्पनीले काम गरिरहेका छन् । विद्युत् पोलबाहेक अन्य सानातिना समस्याले पनि आयोजना समयमै सम्पन्न गर्न सकस परिरहेको छ । सडकको बीचमा पर्ने रूख काट्दा प्रक्रिया पूरा गर्नुपर्ने झन्झट, नेपाल टेलिकमको तार व्यवस्थापन र खानेपानीको पाइपको समस्या पनि कम छैनन् । कुल १० अर्ब रुपैयाँको यो आयोजना उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्