ईलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतबाट दुई थुनुवा फरार, २ प्रहरी निलम्बित

<span class='c1'>ईलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतबाट</span> <span class='c2'>दुई थुनुवा फरार, २ प्रहरी निलम्बित</span>

विराटनगर, ९ कात्तिक ।
ईलाका प्रहरी कार्यालय रानीबाट हिरासतबाटै दुई जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङको हिरासत कक्षभित्र अपहरण तथा शरिर बन्धक तथा कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा थुनामा रहेका २ जना रड काटेर भागेको प्रहरीले जनाएको छ । यसरी भाग्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नं. १७ बस्ने बर्ष २१ को मो.सदिम हुसेन र बर्ष २०का मो. आरिफ आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले जानकारी दिए ।
हिरासत कक्षको भेन्टिलेसनको फलामको रडहरू काटी सोही भेन्टिलेसनबाट भागी फरार रहेका उनीहरुको बारेमा अनुसन्धान गर्न प्रहरी डिएसपीको नेतृत्वमा ५ सदस्य छानविन समिति गठन गरिएको छ । सानविन टोलीले आजै देखि अनुसनधान शुरु गरेको उनले बताए । ड्युटीमा रहेका प्रहरी हवल्दार जिरालाल रौनियार र प्रहरी जवान जगन्नाथ बास्केलाई निलम्वन गरी थप अनुसन्धान भई रहेको र फरार अभियुक्तहरूको खोजतलास समेत भईरहेको डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्