ताप्लेजुङ प्रहरीद्वारा ८ जना अभियुक्त पक्राउ

<span class='c1'>ताप्लेजुङ प्रहरीद्वारा  ८</span> <span class='c2'>जना अभियुक्त  पक्राउ</span>

ताप्लेजुङ, ९ कात्तिक ।  ताप्लेजुङ प्रहरीले छुट्टाछुट्टै ८ जना अभियुक्त र प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान र गाली बेइज्जती मुद्दाका ३–३ जना, वन मुद्दाका र मादक पदार्थ सेवन गरी प्रहरीसँग अभद्र व्यवहार गर्ने १–१ जना पक्राउ परेका हुन् । कार्तिक ३ गते मिक्वाखोला गाउँपालिका–४ साँवाका ३२ वर्षीय प्रताप सिंह सावा लिम्बुको हत्या गरी फरार भएको अभियोग लागेका २ जनालाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको छ । २०७३ साल साउन २७ गते आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका काजिमान लिम्बुलाई कुटपिटपछि हत्या गरेको अभियोग लागेका सोही गाउँका २० वर्षीय देविन तामाङ पनि पक्राउ परेका छन् । फुङलिङ नगरपालिकाको मन्जु होटलमा कुटिएका लिम्बुको साउन ३० गते मोरङको बेलबारीमा मृत्यु भएको थियो ।

यस्तै वन मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भइ १२ लाख २५ हजार जरिवना तोकिएका फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका भिमराज पतंवा भने पक्राउपछि कारागार चलान भएका छन् ।

गाउँमै लुकिछिपी बसेको अवस्थामा लिम्बु पत्राउ परेका थिए । मादक पदार्थ सेवन गरी प्रहरीसँग अभद्र व्यावहार गर्ने फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका ३५ वर्षीय थरी बहादुर कार्कीलाई समेत प्रहरीले पक्रउ गरेर मुद्दा चलाएको छ ।

गत ४ गते मादक पदार्थ सेवन गरी फुङलिङ बजारमा  स्थानीयसँग बादविवाद गरिरहेको अवस्थामा पुगेका प्रहरीमाथि नै अभद्र व्यबहार गरेका कार्कीलाई प्रहरीले अभद्र व्यबहार कसूर शिर्षक मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसीनाथ रेग्मीले जानकारी दिए । यस्तै गाली बेईज्जती मुद्दामा जिल्ला अलादतबाट सजाय तोकिएका ३ जना अभियुक्तलाई पनि प्रक्राउ गरी अदालत पेश गरिएको रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्