बारामा अज्ञात समूहद्वारा घाँटी रेटेर एक बृद्धको हत्या

<span class='c1'>बारामा  अज्ञात समूहद्वारा घाँटी</span> <span class='c2'>रेटेर एक बृद्धको हत्या</span>

बारा, ११ कात्तिक । बारामा शनिबार राति एकजना बृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका – २३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताए । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना राति साढे आठ बजेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्