मिस नेवा कोशीका प्रतिस्पर्धीहरुले देखाए प्रतिभा , उत्कृष्टलाई बेस्ट ट्यालेन्ट अवार्ड

<span class='c1'>मिस नेवा कोशीका प्रतिस्पर्धीहरुले देखाए प्रतिभा</span> <span class='c2'>, उत्कृष्टलाई  बेस्ट ट्यालेन्ट अवार्ड</span>

विराटनगर कार्तिक ११ ,  विराटनगरमा हुदै आएको दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका प्रतियोगिहरुले आज आफ्नो आफ्नो प्रतिभा देखाएछन् । नमस्कार होटेलमा प्रतियोगिताका प्रतियोगीले आफ्नो प्रतिभा देखाएका थिए । आज फाइनलमा पुगेका १३ जना प्रतियोगि भए पनि १० जनाले मात्र प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूले साँस्कृतिक नृत्य, गायनलगायतको विभिन्न प्रतिभा देखाएका  थिए  । प्रतिभा देखाएका मध्ये उत्कृष्ट एक जनाले ‘बेस्ट ट्यालेन्ट अवार्ड’ प्राप्त गर्ने छन् । 

प्रतियोगिताको फिनाले विराटनगरको वीरेन्द्र सभा गृह हलमा कार्तिक १७ गते हुन लागेको छ ।

नेवार सामुदायमा रहेको किशोरीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मूभिज क्रियएसनको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरेको हो ।  प्रतियोगिताको फाइनलमा विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा तम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्