कानेपोखरीको एकै गाउँका ७ जनाको मृत्यु, लगातार भएको मृत्युको श्रृङ्खलाले त्रास

<span class='c1'>कानेपोखरीको  एकै गाउँका ७ जनाको मृत्यु,</span> <span class='c2'> लगातार भएको मृत्युको श्रृङ्खलाले त्रास</span>

विराटनगर १२ कातिक। मोरङको कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सात जनाको मृत्यु भएको छ । चाडपर्वको समयमा कानेपोखरी – ६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको हो ।निरन्तर मानिसको मृत्यु हुन थालेपछि स्थानीयबासी काल पल्किएको भन्दै त्रसित बनेका छन् । छिमेकमा भएको घटनाले किरियापुत्री कुर्नलाई पनि आलोपालो बस्नुपर्ने अवस्था आएको स्थानीयले बताए ।

प्रणामी डाडामा असोज तेस्रो सातादेखि मृत्युको श्रृङ्खला सुरु भएको थियो । स्थानीय शिक्षक भोला भट्टराईका अनुसार ७ बर्षकी बालिकादेखि ७१ वृद्धासम्मको मृत्यु भएको छ । असोज १८ गते कानेपोखरी ४ कि १८ बर्षका मीनु धिमालको मृत्यु भएको थियो । क्यान्सर रोगका कारण उनको मृत्यु भएको बताइएको छ ।

असोज १९ गत ६८ वर्षिय अमरबहादुर दर्जीको मृत्यु भएको थियो । दर्जीको मृत्यु हुनभन्दा अघि छिमेकी ७१ बर्षकी मनमाया विश्वकर्माको मृत्यु भएको थियो । दर्जी र विश्वकर्माको घर करिब ५० मिटरको अन्तरमा छ । असोज १९ गते नै प्रणामी डाँडा पश्चिमका ७ बर्षकी सुमित्रा पराजुलीको पनि मृत्यु भएको स्थानीयले जानकारी दिए ।

एउटै गाउँमा लगातार भएको मृत्युको श्रृङ्खलाले त्रास निम्त्याएको कानेपोखरी गाउपालिका-४ का वडा अध्यक्ष धनबहादुर राईले बताए । मृत्यु हुने केही कालगति, रोग र सर्पको टोकाइले रहेको उनले बताए । गत २८ गते भलुवा खोलाको बाँधमा प्रणामी डाँडाकै ५५ वर्षीय सम्बीर गजमेरको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो । त्यस्तै कात्तिक ८ गते बिहीबार बुद्धिमान राईकी श्रीमती ताराको मृत्यु भएको थियो ।

धान खेतमा बेहोस भएकी उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । शनिबार अस्पतालबाट ताराको शव ल्याएर आइतबार मृत्यु संस्कार गरिएको थियो । पत्नी शोकमा रहेका राईको छिमेकमा अर्काे दुःखद घट्ना भयो । शनिबार विहान खाना पकाउने क्रममा विषालु सर्पको टोकाईबाट खम्बीवर राईकी श्रीमती ३६ वर्षकी चित्राकुमारी राईको मृत्यु भयो ।

तीनसाताको अन्तरमा मृत्यु भएका सात जनामध्ये ५ जना एउटै गाउँका हुन् । २ जना प्रणामीडाँडा आसपासका हुन् ।प्रणामी डाँडा चोकको १ किलोमिटर आसपास लगातार घटना हुँदा काल पल्किएको भन्दै गाउलेहरु त्रसित बनेका छन् । त्रसित भएका गाउलेहरुलाई सम्झाउने गरेको अध्यक्ष राईले जानकारी दिए ।( साभार :अनलाईन खबर डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्