विराटनगर, १३ कात्तिक ।
बिराटनगरमा खाना खानको लागि संचालनमा ल्याईएका होटलको भान्सा फाहोर भएको पाईएको छ । सोमबार वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनको क्रममा ट्राफिक चोकमा रहेको सिन्धी होटलको भान्सा फोहोर पाईएको हो । सिन्धी होटल बिराटनगरमा चलेको होटल मध्येको एक हो । होटलको भित्तामा बढी फोहोर भेटिएपछि तत्काल सुधार गर्नको लागि निर्देशन दिईएको वाणिज्य कार्यालय मोरङका निमित प्रमुख कुमार दाहालले जानकारी दिए । त्यस्तै भान्साकै अगाडी शौचालय रहेकोले सो शौचालय समेत भन्द गर्न भनिएको उनले बताए । त्यस्तै कलेज रोडको टिफिन खाजाघर, बसपार्कको कार्की होटल, थापा होटलमा पनि अनुगमन गरिएको छ । अनुगमनको क्रममा टिफिन होटलमा भेज र ननभेज सामाग्री एकै ठाउँमा राखिएको भेटिएको छ । होटललाई अनुगमन समितिले भेज ननभेजका सामान छुट्टा छुट्टै राख्न र मुल्यसुची देखिने गरी टाँख्न निर्देशन दिएको छ । दाहालका अनुसार थापा र कार्की होटल भने सफा रहेकाmे भेटिएको थियो ।