विराटनगरको जैन भवनमा करोडौको घोटाला भएको आरोप, जिल्ला प्रशासनको कडा निर्देशन

<span class='c1'>विराटनगरको जैन भवनमा करोडौको घोटाला भएको</span> <span class='c2'>आरोप, जिल्ला प्रशासनको कडा निर्देशन</span>

विराटनगर, १३ कात्तिक ।
विराटनगरको जैन भवनमा करोडौको घोटाला भएको आरोप लागेको छ । आगामी कात्तिक १७ गते निर्वाचन गर्ने तयारी भई रहँदा एक समुहले पहिला साधारण सभा गराएर मात्र निर्वाचन जान र पहिलाको हिसाव किताव पारदर्शि बनाउन माग गरेका हुन । जैन श्वेताम्बर तेरामन्थी सभाको नयाँ कार्य समितिको लागि निर्वाचन प्रक्रियामा जान लागेपनि समितिको बिरुद्धमा ४ सय भन्दा बढीले हस्ताक्षर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा साधारण सभापछि मात्र निर्वाचन गराउन माग गरेका छन् ।
आज भन्दा करिब २ बर्ष अगाडिसम्म तेरापन्थ सभाको ट्रष्ट न्यास परिषद सक्रिय नभएको बेला देखि नै संस्थामा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । एक कार्यकालमा २ वटा साधारण सभा हुनु पर्नेमा अहिलेसम्म २ वटा कार्यकाल सकिँदा समेत एउटा पनि साधारण सभा नभएको श्वेताम्बर तेरापन्थी सभाका साधारण सदस्य कमलकुमार डाँगाले आरोप लगाए । बिगत ६ बर्ष देखि तेरापन्थी सभामा अनियमितता हुँदै आएको भएपनि साधारण सभाबाट त्यो सार्बजनिक गर्नु पर्ने डरले यस अघिका सभाका पुर्ब अध्यक्ष दिनेश गोल्छा तथा बहाललवाला अध्यक्ष जितेन्द्र गोल्छाले समेत हिसाव पारदर्शि नगरेको तेरापन्थ युवा परिषदका पुर्ब अध्यक्ष चन्द्रशेखर धाडेवालले आरोप लगाए ।
हिसाव किताव पारदर्शी नहुँदा अहिल स्वेताम्बर तेरामन्थी सभाको निर्वाचन नै अन्यौलमा परेको छ ।
आज बिहान प्रकाशित भएको नामावली त्यही भित्रका असन्तुष्टहरुले च्यातेर फालिदिएपछि थप तनाव भएको छ । निर्वाचन समितीलाई अध्यक्ष तथा कार्य समितिले निर्वाचन गराउन दवाव दिएपछि नामावली टाँस्न पुगेका निर्वाचन समितिलाई समेत असन्तुष्ट पक्षले जैन भवनमा नै छिर्न नदिएको असन्तुष्ट मध्यका तेरापन्थ युवा परिषदका पुर्ब अध्यक्ष समेत रहेका कमलकुमार डाँगाले बताए । बिगत ६ बर्ष देखि बिभिन्न नाममा लिईएको सहयोग तथा सटर र जैन भवनबाट उठेको रकमको लेखाजोखा नगर्दासम्म निर्वाचन हुनै नदिने तर निर्वाचन गर्न भन्दा पहिला साधारण सभा गराएर साधारण सभाको म्याण्डेटको आधारमा समितिले काम गरे कुनै अबरोध हुन नदिने उनको तर्क छ ।
निर्वाचन तथा अहिलेको समस्याको बारेमा जानकारी लिनको लागि श्वेताम्बर तेरामन्थी सभाका महासचिव संजय दुगडलाई टोलिफोन गर्दा उनले सभाको निर्वाचन तथा अनियमितताको बारेमा आफुलाई थाहै नभएको भन्दै कुनै प्रतिक्रिया दिन चाहेनन् । जिल्ला प्रशासन कार्यालयसँग असन्तुष्ट देखिएका उनले त्यो बारेमा आफुलाई भन्दा पनि प्रमुख जिल्ला अधिकारीसँग सोध्न भन्दै गैर जिम्मेवार जवाफ दिए ।
काेषाध्यक्ष बिच भित्रै आरोप प्रत्यारोप
बाहिरबाट देख्दाको जैन भवन देखिएपनि भित्रको आर्थिक चलखेल गम्भीर प्रकृतिको देखिएको छ । जैन भवन भित्रको मुख्य बडी भनेको श्वेताम्बर तेरामन्थी सभा हो । यो सभा नै आधिकारिक जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको छ । त्यही तेरापन्थी सभा भित्रको आर्थिक लेखा जोखा राख्ने काम सभाको ट्रष्ट न्यास परिषदले गर्दै आएको छ । तर न्यास परिषद पछिल्लो दुई बर्ष देखि मात्र सक्रिय रहेको न्यासका कोषध्यक्ष विकास वेगवानीले बताए । आज भन्दा एक बर्षको अघिको आम्दानी भनेको करिब ८० लाख भएको र यो बर्षको करिब १ करोड भएको हुनसक्ने उनले सुनाए । तर कति हो आम्दानी र खर्च के हो भन्ने बारेमा केही दिन पछि मात्र भन्न सक्ने प्रतिक्रिया दिए । तर पहिलाको समितिले एक रुपैया पनि आफुलाई नबुझाएको उनको भनाई छ ।
‘पुराना हिसाव किताव नबुझाईँदा समस्या आएको हो, उनले भने, पहिलाको हिसाव किताव नै अपुर्ण भएको कारण नबुझिएको हो ।’ पहिलाको हिसाव पारित नभएको कारण आफुले स्वीकार नगरेको बेगवानीको भनाई छ । पहिला भवन ब्यवस्थापन कमिटि भनेर ट्रष्टलाई बाईपास गरिएको थियो । भवनको काम पनि सबै सभाले नै हेर्दै आएको थियो । तर समितिले नै ट्रष्टलाई हिसाव किताव नदिएको कोषध्यक्ष बेगवानीले बताए ।
तेराजन्थी सभाका कोषध्यक्ष प्रशान्त तातरले अघिल्लो कार्यसमितिले १८ हजार आफुलाई हस्तान्तरण गरेको बताए । तर त्यो रकम ट्रष्टले लिन मानेको छैन । खास विवाद यहीँबाट शुरु भएको कतिपय बताउँछन् ।
सभाका कोषाध्यक्ष तातरले अहिलेको विवादको मुख्य कारण भनेको आन्दोलनरत पक्षले जैन धर्मालम्बीको चातुर्मासाको समयदेखिको हिसाव मागेको आरोप लगाए । त्यो बेलाको हिसाव अहिले आफुले दिन नसक्ने तर अहिलेको हिसाव ट्रष्टले हेर्दै आएकोले सबै हिसाव ट्रष्ट मार्फत नै आउने भएकोले आफुलाई अनियमितताको बिषयमा जानकारी नभएको भन्दै आफ्नो बचाउ गरे । ततारले भने, ‘म आएपछिको सबै बिवरण सहित साधारण सभामा हिसाव किताव पेश हुन्छ ।’
बिरोध गर्नेहरुले बार्षिक करिब २ करोड अनियमितता भएको आरोप लगाईरहेको भएपनि दुबै कोषाध्यक्षहरु आफुहरु आउन भन्दा पहिलाको हिसावको बारेमा अन्योलमा देखिएका छन् । यसले यो भन्दा अगाडी देखि नै जैन भवन भित्रको तेरापन्थ सभामा ठुलै आर्थिक चलखेल भएकोमा आन्दोलनरत पक्ष देखिएको छ । एक पक्षले हिसाव गढबढ भएको भनेका छन् भने अर्को पक्षले सही गरेको भन्दै आएको ट्रष्टका बहालवाला कोषध्यक्ष विकास वेगवानी बताउँछन् । अहिले साधारण सभाबाट हिसाव पारदर्शि हुँदै निर्वाचनमा जानु पर्छ भन्ने पक्षले भवन निर्माणको बेलामा उठाएका पैसा, आवास ब्यवस्थापनको नाममा उठाएको रकम तथा बिभिन्न समयमा लिईएको आर्थिक सहयोगको सबै हिसाव माग गरेका छन् । त्यो पारदर्शी नहुँदासम्म निर्वाचनमा जानै नहुने उनीहरुको माग छ ।
जिल्ला प्रशासनले काट्यो पत्र
जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्राचार गर्दा समेत जैन श्वेताम्बर तेरापन्थी सभाले निर्देशन अटेर गरेको भन्दै सबै विवरण सहित प्रक्रियामा आउन लिखित निर्देशन दिएको छ । जैन श्वेताम्बर तेरामन्थी सभाको नाममा पत्र काटेर जैन स्वेतामबर तेरापन्थी सभाको साधारण सभा निर्वाचन तथा अन्य गतिबिधिका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट पटक पटक जानकारी माग गरि निर्देशन समेत दिई सकिएको पत्रमा उल्लेख गर्दै धार्मिक तथा मानवीय हितको उदेश्य लिएको संस्थामा पटक पटक विवाद हुँदा यसको छबीमा नकारात्मक असर पर्ने त छँदैछ संस्थाको भबिश्य समेत सुमधुर हुन नसक्ने देखिएको परिप्रेच्छमा संस्था दर्ता ऐन २०३४को दफा ११ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट मिति २०७५ असोज २६ गतकोे चलानी नम्बर २२०९ को पत्रबाट माग तथा निर्देशन भए बमोजिमका बिवरण ३ दिन भित्र पेश गर्न निर्देशन दिईएको छ । त्यस्तै संस्थाको असोज २५ गतेको पत्रबाट निर्वाचन प्रक्रिया प्रारम्भ भएको जानकारी प्राप्त भएकोमा संस्थाको बिधान र संस्था दर्ता ऐनको मार्ग अनुसार साधारण सभा संस्थाको सर्बोच्च अंग हुने तथा साधारण सभाको निर्णय सर्बोपरी हुने हुँदा साधारण सभाको अनुमती लिई मात्र कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाई एक महिना भित्र विवरण बुझाउन लिखित निर्देशन प्रशासनले गरेको । निर्देशनमा भनिएको छ, बुँदा नम्बर २ बमोजिम प्रक्रिया अघि बढाउन बिधान बाधक देखिएमा साधारण सभा सम्पन्न गर ेपस्चात सोही सभाले लोकतान्त्रिक पद्धतीबाट कार्यसमिति चयन गर्ने ब्यवस्था हुने गरी बिधान संशोधन गर्ने र सोही अनुरुप साधारण सभा मार्फत कार्य समिति चयन गर्न जिल्ला प्रशासन कार्यालयले लिखित निर्देशन दिएको हो । यस्तो छ जिल्ला प्रशासन कार्यालयको पत्र ।

(प्रस्तुती :सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्