ओवी फेसवुक वाच : टक्सार पुरातात्विक स्थल मात्र हैन सांस्कृतिक स्थलको रूपमा पनि प्रख्यात छ

<span class='c1'>ओवी फेसवुक वाच : टक्सार पुरातात्विक स्थल मात्र</span> <span class='c2'>हैन सांस्कृतिक स्थलको रूपमा पनि प्रख्यात छ</span>

विराटनगर, १३ कात्तिक ।
संस्कृतीविद् प्राध्यापक डा.सोम खतिवडाले पुरातात्विक स्थलको अबस्थाको बारेमा आफ्नो फेसबुक स्टाटस सार्बजनिक गरेका छन् । भोजपुर जिल्लामा रहेको टक्सारको बारेमा धारणा राख्दै उनले लेखेका छन्,–‘भोजपुरको टक्सारमा वि.सं. १८७२ सालमा टक्सार स्थापना गरियो र तामाका टक काटेर काठमाडौ लाने गरियो । यहाँका अक्षर तिनै टकहरू टाँसेर बनाईएका हुन् । आधा आना, एक आना र दुई आना मूल्यका यी टकहरू तोडेवालले छालाका धोक्रामा बोकेर नेपाल (काठमाडौ) लग्ने गर्दथे । टक्सारमा तामाका टक काट्न पाटन भेगबाट धातुको काम गर्ने मानिसहरू ल्याइएका थिए । यिनले त्यताको शीपमात्र नभएर संस्कृति पनि यस भेगमा भित्राए । तसर्थ टक्सार सांस्कृतिक स्थलको रूपमा पनि प्रख्यात छ ।’

तस्विर : डा साेम खतिवडाकाे फेसबुकवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्