बालिका बलात्कार अाराेपमा दुर्इ वृद्ध पक्राउ

<span class='c1'>बालिका बलात्कार अाराेपमा</span> <span class='c2'>दुर्इ वृद्ध पक्राउ</span>

भक्तपुर, १४ कात्तिक । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हाे ।

पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजुरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको पनि बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्