जेनेभामा पुरस्कार लिएर फर्किएको जीवन विकासको टाेलीलाई विराटनगरमा भब्य स्वागत

<span class='c1'>जेनेभामा पुरस्कार लिएर फर्किएको जीवन</span> <span class='c2'>विकासको टाेलीलाई विराटनगरमा भब्य स्वागत</span>

विराटनगर, १४ कात्तिक । स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गरेर फर्किएको जीवन विकास समाजका पदाधिकारीलाई भव्य स्वागत गरिएको छ । कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।
जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भव्य समारोहबीच अक्टोबर १७ तारिखका दिन स्पेनकी महारानी र साउदी अरबका युवराजले जीवन विकासलाई तीन लाख डलर बराबरको पुरस्कृत प्रदान गरेका थिए ।
पुरस्कार ग्रहण गरी समाजका अध्यक्ष योगेन्द्र मण्डलको नेतृत्वमा सह–कार्यकारी प्रमुख सञ्जयकुमार मण्डल, वरिष्ठ प्रबन्धकद्वय दामोदर रेग्मी र भरतलाल बहरदार, वरिष्ठ अधिकृत रमेश राय र बोर्ड सदस्य रिबोलदेवी मण्डल जेनेभाबाट फर्किएको हो । टोलीलाई समाजका सदस्य, सर्वसाधारण, विद्यार्थी, खेलाडी तथा कटहरीका नागरिकले फूलमाला लगाएर स्वागत गरे ।
पिछडिएका समुदायका बालबालिकाको लागि जीवन विकासले सामुदायिक विद्यालय, बाल शिक्षा कार्यक्रम, सिटिइभिटी अन्तर्गत सीपमुलक तालिम, किशोरीहरुको विद्यालय छाड्ने दर घटाउन सरकारी विद्यालयमा नव विहानी कार्यक्रममार्फत सहयोग गर्दै आएको अध्यक्ष मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्