मुख्यमन्त्री राई उपचारकालागि थाईल्याण्ड गएपछि, कार्यवाहकमा कार्की

<span class='c1'>मुख्यमन्त्री राई उपचारकालागि थाईल्याण्ड</span> <span class='c2'>गएपछि,  कार्यवाहकमा कार्की</span>

विराटनगर, १७ कात्तिक
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारको लागि थाईल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई तोकिएको छ । कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता समेत हुन् । मुख्यमन्त्री राई उपचारका लागि शुक्रवार थाइल्याण्ड प्रस्थान गरेका छन् ।
प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेख्दै मुख्यमन्त्री राईको सिफारिसमा कार्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको बताईएको छ । मुख्यमन्त्री राई घाँटीको उपचारका लागि थाइल्याण्ड गएका हुन् । राई कात्तिक २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख तुम्बाहाङले कार्यवाहक मुख्यमन्त्रीको प्रशासनिक जिम्मेवारी कार्कीले सम्हालेको जानकारी सहितको पत्र पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्