बारी रितीयाे सुन्तला त रहेन ! तर धनकुटामा यसरी बन्याे ‘सुन्तले सहर’ (फाेटाे फिचर)

<span class='c1'>बारी रितीयाे सुन्तला त रहेन  ! तर</span> <span class='c2'>धनकुटामा यसरी बन्याे ‘सुन्तले सहर’ (फाेटाे फिचर)</span>

धनकुटा, १७ कात्तिक ।  जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयबाट माथिसम्मका सबै घरहरुमा सुन्तला रंग लगाइएको छ । यतिसम्मकी नगरपालिकाले राखेको बोर्डमा पनि सुन्तला रंग भित्र नक्सा राखिएको छ । यो धनकुटा वडा नम्बर ५ बाहेकका कुनैपनि वडामा यसरी सुन्तला रंग लगाइएको छैन । यो वडाको वडा कार्यालय भवनमा मात्र सुन्तला रंग लगाइएको होइन माथिल्लो कोप्चेदेखि नै वडा कार्यालय तलसम्मका घरमा सुन्तला रंग लगाइएको छ ।

माथिल्लो र तल्लो कोप्चेमा पुग्दा ओरेन्ज(सुन्तला) रंगका लहरै घरहरु देखिन्छ । एउटै कलरका घरहरुले कोप्चेको सुन्दरतामा आकर्षण थपेको छ । पहिला सुनसान रहेको यो बस्तीमा अहिले चहलपहल बढेको छ ।  एकै खालका घर अनि एकै प्रकृतिको रंगको कारण कोप्चे बजार निकै आकर्ष देखिन्छ । स्थानीय टोलवस्ती संगठनले मिलेर तल्लो र माथिल्लो कोप्चेका सबै घरहरुलाई सुन्तला रंग लगाएको दुई वर्ष पुरा भएको छ । २ वर्ष पहिला दशैको बेलामा गाउँका केही अगुवा ब्यक्तिहरु मिलेर गाउँलाई कसरी नमुना बस्ती बनाउने भन्ने अभियान  चलाएको स्थानीय नरेन्द्र श्रेष्ठले बताए ।

युवाहरुमा केही नयाँ काम गरौँ भन्ने छलफल भयो, त्यही छलफलकै क्रममा धनकुटाको चलेको एभोकाडोको कलर लगाउने की भन्ने कुराहरु पनि आए, तर धनकुटालाई सुन्तलाको जिल्ला भनेर समेत चिनिने भएकोले सुन्तला रंग नै सबैले पास गरेर लगाइएको उनको भनाइ छ ।

शुरुमा टोलबस्ती संगठनले यसको नेतृत्व लिएको हो । यो बस्तीका ९२  घरबाट सुन्तला रंग हरेक घरमा लगाउन शुरु गरेकोमा अहिले वडा तहमा नै यो अभियान जारी रहेको स्थानीय बताउँछन्  । ‘उद्योग व्यापार व्यवसाय धनकुटामा केहीपनि फस्टाएन, श्रेष्ठले भने, नयाँ काम गर्ने सिलसिलामा पर्यटक भित्र्याउने माध्यामको रुपमा सुन्तले सहरको अवधारणा आएको हो ।’ धनकुटाको पहिचान बनेको खोकुछिन्ताङ क्षेत्रको सुन्तलालाई प्रर्वद्धन गर्न घरहरुलाई ओरेन्ज कलर गरिएको हो ।

माथिल्लो कोप्चेका स्थानीय ब्यापारी रुजन राईले  सुन्तला मासिँदै जान थालेपछि त्यसको प्रवद्र्धन गर्नको लागि सुन्तला सहरको अबधारण ल्याईएको बताए ।  सुन्तला पाउने स्थान धनकुटा नै हो तर धनकुटा मै सुन्तला हराउँदै जान थालेपछि  चिन्ता बढ्दै गएको अबस्थामा धनकुटाको पहिचानलाई स्थापित गराउनको लागि सुन्तला सहरको नामबाट चिनाउन खोजिएको उनको भनाइ छ ।  ९२ घरबाट शुरु भएको सुन्तला सहर अभियान अहिले एक सय २० घरमा पुगेको धनकुटा नगरपालिका वडा नम्बर ५को कार्यालयले जनाएको छ । खोकुको सन्तला असाध्यै मिठो र प्रसिद्ध छ, यसको बजार मूल्य अन्य क्षेत्रको सुन्तलाको भन्दा महँगोमा बिक्री हुँदै आएको छ ।

धनकुटा नगरपालिका ५ टोलबस्ती संगठनका अध्यक्ष गोबिन्द राई भन्छन्, ‘गाउँमा केही नौलो काम गरौ न भन्ने सोच अनुसार सुन्तला सहर बनाएका हौ । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउँका दाइ भाउजुले नै अभियान शुरु गर्नु पर्छ भनेपछि उत्पादन कम हुने सुन्तलाको प्रवद्र्धनको लागि यो अभियान थनलिएको हो  ।’

सबै जातीको बसोवास रहेको यो गाउँमा सबैलाई एकरुपता ल्याउन, मिलेर बसेका छन् भन्ने सन्देश दिनको लागि पनि यो अभियान प्रभावकारी भएको राईले बताए  । धनकुटा नगरपालिका भित्र धेरै गाउँमा सुन्तला मासिएको छ । सुन्तलाको बोटहरु बिरलै भेटिन्छ, भेटिएको ठाउँमा पनि बोटमा २–४ दाना भन्दा बढी देख्नै नपाउने अबस्थामा धनकुटाको अस्तित्व सुन्तलासँग पनि जोडिएर आउने भएकोले सुन्तला प्रवद्र्धनको लागि यो अभियान प्रभावकारी भएको राईले बताए । उनले भने, ‘बगैचामा सुन्तला फल्न छाडेपछि सहरमा कलर लगाएर भएपनि चिनाउन खेजिएको हो ।’ स्थानीय पहिचान बोकेका बस्तुलाई चिनाउनको लागि सजिलो मात्र नभएर आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको उनले सुनाए । उनका अनुसार अहिले वडामा झण्डै ४२ प्रतिशत घरहरुमा ओरेन्ज कलर लगाउने काम पुरा भइसकेको छ  । राई भन्छन्,‘धनी र गरिबको घर सबै एकै कलरको समान देखिन्छ । को धनी, को गरिब भन्ने छुटिँदैन । समानताको लागि पनि यो अभियान महत्त्वपूर्ण भएको छ ।’ वडा ५ को माथिल्लो र तल्लो कोप्चेमा मात्र होइन, नगरपालिकाले बजार क्षेत्रका घरहरुमा पनि यो अभियान थालेको जनाएको छ । वडा नं ५ का वडा अध्यक्ष धनबहादुर राइले धनकुटामा नेपालकै गुणस्तरीय र मिठो सुन्तला उत्पादन हुने भएकोले त्यसैको प्रतिकात्मकरुपमा घरहरुमा सुन्तला रंग लगाइएको बताए ।
एकै रंगका घरहरु बनेपछि चिटिक्क, सफा देखिदा सबैलाई आकर्षित गर्ने र पर्यटन प्रर्वद्धन पनि हुने अपेक्षा गरिएको जानकारी दिए । एउटा बस्तीबाट शुरु भएको अभियान अहिले बजारका धेरै घरहरुले यस्तै कलर लगाउन शुरु गरि सकेको उनको भनाइ छ । (प्रस्तुती :सुमन सुस्केरा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्