विराटनगरको मलाय रोडमा मल बोकेको मालबहाक ट्रक पल्टियो चालक फरार

<span class='c1'>विराटनगरको मलाय रोडमा मल बोकेको</span> <span class='c2'>मालबहाक ट्रक पल्टियो चालक फरार</span>

विराटनगर २० कातिक । विराटनगर १४ स्थित विधुत प्राधिकरण छेउ मलाय रोडमा माल बहाक ट्रक पल्टाएर चालक फरार भएका छन् । ट्रक पल्टदा मानविय क्षति भने भएको छैन ।
भारतीय नम्बरको जेएज ०८ सी १३४५ नम्बरको ट्रक अचानक पल्टिएको थियो । सोमबार राती १० ः ४५ बजेको समयमा पार्किङ्ग गर्ने क्रममा माटोको ढिस्कोमा चक्का भासिएर ट्रक पल्टिन पुगेको थियो । भारतबाट यूरीया मल बोकेर आँउदै गरेको मालबहाक ट्रक अचानक राती पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । ट्रकका चालकको खोजी कार्य भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्