संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिए सुविधा बारेकाे प्रष्टिकरण

<span class='c1'>संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु</span> <span class='c2'>पण्डितले  दिए सुविधा बारेकाे प्रष्टिकरण</span>

काठमाडाैँ, २४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले दिएको सुविधा बाहेक थप सुविधा नलिएको स्पष्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको स्पष्टोक्ति दिएका हुन्। मन्त्री पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे। उनले भने,‘नक्कली समाचार बनाएर राख्नेहरूलाई मलाई केही भन्नु छैन। तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन। र, लिने पनि छैन।’ उनले आफू पाएको जिम्मेवारीलाई तोकिएकै समयसिमाभित्र सम्पन्न गर्न दृढ संकल्पित रहेको पनि दाबी गरे। उनले भने,‘मैले सुरूवातमै असारभित्र प्रशासनिक संक्रमणको अन्त्य गर्छु भनेको थिएँ, त्यसलाई अन्त्य गरेरै देखाएँ । अब पुसभित्र कर्मचारी समायोजन गर्छु भनेर बोल्दैछु । त्यो पनि पूरा गरेर देखाउँछु ।’ मन्त्री पण्डितले लोकसेवा आयोगको भर्ना विज्ञापन सरकारले नरोकेको जिकिर गरे।

उनले भने,‘२ महिनाको लागि उपसचिव र सहसचिवको बढुवामात्रै रोकेको हो। अरु कुनै रोकिएको छैन। लोकसेवा आयोगको कर्मचारी भर्ना प्रक्रिया जारी नै छ। अहिले पनि ३७५ शाखा अधिकृतले स्टाफ कलेजमा तालिम लिइरहेका छन्।’ प्रदेश लोकसेवा आयोग र स्थानीय सेवा आयोग गठन भएपछि त्यहीँबाट आवश्यक कर्मचारी पूर्ति गर्ने बाटो खुला हुने पनि उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्