निर्मला पन्तका परिवार अनिश्चितकालीन धर्नामा बस्ने

निर्मला पन्तका परिवार अनिश्चितकालीन धर्नामा बस्ने

बलात्कार पछि हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेको छ ।

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताउनुभयो । निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न धेरैवटा समिति बनाइए पनि प्रभावकारी छानविन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको भनाई छ ।

घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्