उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न, विहान यस्ताे थियाे विराटनगरमा

<span class='c1'>उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै छठ</span> <span class='c2'>सम्पन्न, विहान यस्ताे थियाे विराटनगरमा</span>

विराटनगर, २८ कात्तिक । मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ ।  मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ । सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ । आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम सुरु भएको छ । छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ ।  यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महीना दिनभर चलिरहन्छ । सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्