द्वन्द्वको पीडा, जिते ऐस, हारे जन्मकैद

<span class='c1'>द्वन्द्वको  पीडा, जिते</span> <span class='c2'>ऐस, हारे जन्मकैद</span>

कालिकोट, २९ कात्तिक। शुभकालिका गाउँपालिका–५ का सिंहबहादुर शाही तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनामा सिपाही थिए । मुलुकमा राजतन्त्रको अन्त्य भएर संघीय गणतन्त्र आएपछि भने उनी जन्मकैदको सजाय काटिरहेका छन् ।उनीमाथिको अभियोग हो भगौडा । ‘भगौडा होइन दोहोरो भीडन्तमा माओवादीबाट अपहरणमा परेका हुन्, युद्ध सकिएपछि भगौडा भनेर जन्मकैद सुनाइयो,’ सदरमुकाममा श्रीमान्का लागि बुधबार न्याय माग्न आएकी श्रीमती सुस्मिता शाहीले गुनासो गरिन् ।आखिर किन पाए शाहीले सजाय ? घटनाक्रम रोचक होइन, मार्मिक छ । शाहीपत्नीको तर्क छ, ‘तेही युद्धमा जितेका र जोगिएकाहरू मन्त्री, सरकारी पदमा बसेर ऐस आराम गरिरहेका छन्, दोहोरो मारमा परेका मेरा बूढा भने जेलमा जन्मकैद काटिरहेका छन् ।’सिंहबहादुरमाथिको आरोप छ, ‘सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनामा कार्यरत उनी आत्मसमर्पण गरेर माओवादी भए ।’

के उनले आत्मसमर्पण गरेका हुन् ? श्रीमती सुस्मिता भन्छिन्, ‘माओवादी लडाकुले दोहोरो भिडन्तबाटै कब्जामा लिई हतियारसमेत खोसेर अपहरण गरेर लगे, अनि आफैंसँग राखे ।’सेनाको आरोप छ, ‘उनले धोका दिए, सुराकी गरे ।’ सेनाको यही दाबीअनुसार सैन्य अदालत हँुदै तत्कालीन पुनरावेदन अदालतबाट उनी जन्मकैदको सजाय काटिरहेका छन् ।
परिवारको गुनासो छ, ‘देशको लागि लड्ने सिंहबहादुरलाई अपहरण गरेर जबर्जस्त माओवादी बनाएर घुमाएको बारे कुनै माओवादी नेताले अहिलेसम्म मुख खोलेनन् । न त द्वन्द्वकालको मुद्दा भनेर फिर्ता गर्ने पहल नै गरिदिए ।’

द्वन्द्वकालका धेरै जनाको मुद्दा फिर्ता भयो । सजाय माफी भयो । तर जन्मकैदको सजाय काटिरहेका सिंहबहादुरकी श्रीमती सुस्मिता ६ जना बालबालिका बोकेर न्यायको याचना गर्न छाडेकी छैनन् ।
तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको बेला २०५९ सालमा नेपाली सेनामा भर्ती भएका उनी १८ पुस २०६१ मा धादिङको चरौदीमा माओवादीसँगको दोहोरो भिडन्तमा परे । उनी त्यतिबेला तारादल गण धादिङमा सिपाही दर्जामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्