गायक अकिंत बाबु अधिकारीको सम्झनालाई बोलको नयाँ गीत सार्वजनिक

गायक अकिंत बाबु अधिकारीको सम्झनालाई बोलको नयाँ गीत सार्वजनिक

बिराटनगर कार्तिक २९ , गायक अकिंत बाबु अधिकारीको संझनालाई बोलको नया गीत सार्वजनिक भएको छ । आर्टमान्डुले बजारमा ल्याएको उक्त गीतमा यमन सुवेदीको शब्द तथा किरण भुषालको संगीत रहेको छ । उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् । दर्शक श्रोताबाट अत्यन्तै राम्रो प्रतिक्रियाले आफू थप आशाबादी रहेको गायक अधिकारी बताउछन् ।

विभिन्न रियालिटी शोहरुबाट आफुलाई निखार्दै नेपाली सांगितिक आकाशमा उदाउदो नक्षत्रका रुपमा देखा परेका अधिकारीको करिब ३ वर्ष अघि राम नाम जप्दै नामक गीतलाई दर्शक श्रोताले निक्कै मन पराएका थिए । गायक अधिकारीको नौ फुटे भुत, म को नै पो हुँ र, सुनको बाला लगायतका गीतहरु बजारमा आइसकेका छन् । चाँडै नै अर्को गीतपनि बजारमा ल्याउने तयारी गरिरहेको उनले बताए ।

यस्तो छ भिडियो :

https://www.youtube.com/watch?feature=youtu.be&v=iLpCdgjSgoE&fbclid=IwAR0sfvaAfgKa9ZEM_pj9CFSJOthjxMK8zpXg4S-pfH_WSMvwm3K3jvQ2GC8&app=desktop

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्