कविता : तिम्रो संघर्ष – मेराकी

<span class='c1'>कविता : तिम्रो</span> <span class='c2'>संघर्ष – मेराकी</span>

बगेर मात्रै गएनौ तिमी , बगाएर पनि गयौ

सावानको भेल बाढी झैँ , कुर्लेर आयौ तिमी

बाछिटाले पनि थिच्ने तिमीलाई , मसिनो झरीले लडाईदिने तिमीलाई

प्वाल परेको छाताले जोगाउछु , भन्ने म !

उर्लेको खाहरेबाट जोगाउ कसरी ?

टुसा मात्र थियौ तिमि , जमिन भित्रै छटपटिएको थियौ तिमी

भित्रै युद्ध गरिरहेको तिमी .. कठै !

बाहिरको द्वन्द सहन सकेनौ तिमी, नफक्रिएको फुल हौ तिमी

ओइलाउनु अघावै बिलिन भयौ तिमी

साहरा बिनाको लाठि हौ तिमी

नउठाई लम्पसारियौ तिमी , कालो बादल लागेको देखेनौ तिमीले

गडयाङगुडुङको आवाज सुनेनौ तिमीले

निथ्रुक्क रुजाएछ तिमीलाई

चिसो गाड्यो कि आँखा गाड्यो ??

ज्वरो ओर्लिएँन तिम्रो .... ओर्लिएँन तिम्रो....

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्