बन्दैछ विराटनगरमा आरोहण गुरुकुल, निर्माण पछि नाटकका गतिबिधिमा बृद्धी हुने (फाेटाे कथा)

<span class='c1'>बन्दैछ विराटनगरमा आरोहण गुरुकुल, निर्माण पछि</span> <span class='c2'>नाटकका गतिबिधिमा बृद्धी हुने (फाेटाे कथा)</span>

विराटनगर, २९ कात्तिक ।
विराटनगरमा रहेको आरोहण गुरुकुलको निर्माणको काम तिब्र भएको छ । भारतीय राजदूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले आरोहण गुरुकुलको निर्माण तिब्र पारेको हो । करिब ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माणको कामलाई समयमा नै सक्ने भनिएपनि निर्धारित म्याद गुज्रिएको छ । तर पछिल्लो समयमा आएर आरोहण गुरुकुलको कामलाई तिब्र पारिएको हो । लमहानगरपालिकाका ईन्जीनियर गोपाल पोख्रेलले नाटक घरको काम पछिल्लो समय तिब्र पारिएको बताए ।
खुस्बु निर्माण सेवा विराटनगरले ३ करोड ५४ लाख ८० हजारमा नाटक घर निर्माणको ठेक्का लिएपछि अहिले यो निर्माणको कामले तिब्रता पाएको छ महानगरले नाटक घर निर्माणका लागि ३ करोड ५५ लाख ६१ हजार ९ सय ८८ रुपैयाँको स्टिमेट गरी टेन्डर आब्हान गर्दा ठेक्केदारले शून्य दशमलव २३ प्रतिशत कममा ठेक्का सकारेको थियो ।
नाटक घरको निर्माण कामलाई अहिले एक तला उठाएर बस्ने सिडि बनाउने काम भईरहेको हो । साहित्य, कला, संस्कृतिको केन्द्र मानिएको विराटनगरमा नाटक घरको अभावमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको नाटक महोत्सवमा समस्या हुँदै आएको थियो । साँगुरो ठाउँ हुँदा कोचिएर दर्शकले नाटक हेर्दा निक्कै अप्ठेरो ब्यहोर्नु परेकोमा यो नाटक घरको निर्माणपछि यो समस्या समाधान हुने आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
पुरानो साँगुरो
आजभन्दा करिब ७ बर्ष अगाडि निर्माण भएको सुशिला कोईराला नाटक घरमा २ सय ४० जना मात्र अट्न सक्ने क्षमता छ । अहिले निर्माण थालिएको नयाँ नाटक घरमा ३ सय ७० जना अट्ने अध्यक्ष क्षत्रीले जानकारी दिए । यही गुरुकुलको प्राङ्गणमा रहेको जग्गाको पछाडि पटिको भागमा होस्टेल निर्माण गर्ने तयारी भएको छ । विराटनगर महानगरले उपलब्ध गराएको १२ कट्टा जग्गामा १२ वटा कोठा भएको २ वटा भवन र शुशिला नाटक घर छ । गुरुकुलले मुलुकका लागि सफल रंगकर्मीहरू उत्पादन गर्न सफल भएको छ । मेयर भिम पराजुलीले बिराटनगरको एक मात्र धरोहर साँगुरो हुँदा आफैँ दुतावास धाएर गुरुकुल निर्माणको लागि काम भईरहेको बताए । पराजुलीले साहित्य, कला, संस्कृति क्षेत्रको विकासका लागि यो बन्दै गरेको नाटक घर कोशे ढुंगा हुने उल्लेख गरे ।
तर निर्धारित समयमा नै सकिनु पर्ने गुरुकुल निर्माणको काम भने बिभिन्न कारणका बिच म्याद गुज्रिएको छ । सन् २०१७ डिसेम्बर २० मा शुरु भएको काम १५ सेप्टेम्बर २०१८ सम्ममा सक्नेगरी ५ जुन २०१७ मा सम्झौता भएको थियो । तर सम्झौतामा उल्लेख भएअनुसारको समयलाई आधार मान्ने हो भने एक महिना ढिला भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्