मेरो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तान्न खोजियो : मुख्यमन्त्री राई (बक्तब्य सहित)

<span class='c1'>मेरो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तान्न</span> <span class='c2'>खोजियो : मुख्यमन्त्री राई (बक्तब्य सहित)</span>

विराटनगर, ३० कात्तिक ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको बताएका छन् । अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै एक बक्तब्य जारी गर्दै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तानिएको बताएका हुन । मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजेर मलाई केही थाहा नभएको, कोही नभेटेको र नचिनेको व्यक्तिहरुको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछु, उनको बक्तब्यमा भनिएको छ । उनले यस खालको घटनामा आफ्नो कुनै किसीमको संलग्नता नभएको बताएका छन् ।
उनले आफ्नो वक्तब्यमा लेखेका छन्, ‘दुई बर्षदेखि घाँटीको समस्या झेल्दै आएको म उपचारका लागि कार्तिक १६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको राजधानी बैंकक गएर कार्तिक २८ गते स्वदेश फर्केको छु । मेरो स्वास्थ्य लाभको कामना गर्दै तपाईहरु सबैले देखाउनु भएको चिन्ता, चासो प्रति हार्दिक आभार प्रकट गर्दछु ।
मेरो स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापा माध्यमबाट गरिएका दुष्प्रचारबारे मलाई राम्रोसँग थाहा छ । यसमा मेरोे गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता आधारहिन र भ्रामक प्रचारबाजीबाट प्रभावित नहुन म सबैलाई हार्दिक आग्रह गर्दछु ।
दुई बर्षदेखि घाँटीको पछाडीको भागमा मैले समस्या झेल्दै आएको र निरन्तर नेपालको सरकारी तथा निजी अस्पतालहरुमा र अन्य उपचार पद्धतिहरु समेतबाट उपचार गर्दै आइरहेकोमा खास रोगको पहिचान र समाधान हुन नसकेको कारण चिकित्सकहरुको सल्लाहमा बैंकक गएको हो । विदेशमा उपचार गराउन जानु मेरो कुनै रहर र सोख हैन । मेरो उपचार तथा निजी भ्रमणको सम्बन्धमा मिति २०७५ कार्तिक ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकबाट निर्णय भई सोही बमोजिम संघीय सरकारलाई जानकारी गराएर म आफू कार्तिक १६ गते बैंककमा उपचार पश्चात अमेरिका गएको जानकारी गराउँदछु ।
थाइल्याण्डको राजधानी बैंककस्थित बुम्रुनग्राड अस्पतालमा मेरो उपचार हुँदा कुनै गम्भिर प्रकृतिको समस्या नदेखिएको र चिकित्सकको सल्लाह बमोजिम कुनै जटिल किसिमको समस्या नरहेको निष्कर्षले मलाई उत्साहित बनाएको छ । चिकित्सहरुको सल्लाह बमोजिम छ महिना औषधि सेवन गर्नु पर्ने र नियमित फिजियोथेरापीबाटै समस्याको समाधान हुने ब्यहोरा समेत जानकारी गराउँदछु । साथै छ महिनापछि अर्थात २०७६ बैशाख ६ गते पुनः जाँचकोलागि बोलाएको कुरा जानकारी गराउँदछु ।
प्रदेश सरकारको प्रमुख भएको नाताले निजी काम र भ्रमणमा जादाँ वा औपचारिक भ्रमणमा जादाँ अपनाउनु पर्ने प्रक्रिया र लिनु पर्ने निर्णय, अनुमति वा जानकारीको सम्बन्धमा मलाई अवगत भएकै कारणले मैले प्रक्रिया पुरा गरेर मात्र भ्रमण गरेको समेत जानकारी गराउँदछु । बैंककमा उपचारको क्रममा मेरो अन्तिम रिर्पोट नोभेम्वर १२ अर्थात कार्तिक २६ मा मात्र प्राप्त हुने भएको हुँदा पूर्व निर्णय अनुसार उक्त बाँकी अवधिको लागि अमेरिका गएको हुँ । म सुटुक्क होइन विधिसम्मत सवै
प्रक्रिया पुरा गरेर प्रेसलाई समेत जानकारी गराई म अमेरिका गएको कुरा राख्न चाहन्छु । मेरो व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफुले कुटनैतिक राहदानी (रातो पासपोर्ट) समेतको प्रयोग नगरेको कुरा अवगत गराउन चाहन्छु ।
अमेरिकाको मेरो भ्रमण कसैको औपचारिक निम्तो, कार्यक्रम र प्रायोजनमा नभई निजी एंव पारिवारिक भेटघाट मात्र भएको जानकारी गराउँदछु । मेरो आग्रहमा होइन न्युयोर्कस्थित प्रवासी नेपाली मंच र आदिवासी जनजाती महासंघको संयुक्त आग्रहमा आयोजित एक भेलामा सहभागी भई वाल्टिमोर, वाशिंटन डिसी, वफेल्लो लगायतका केही ठाउँहरुको भ्रमण पश्चात पुनः वैकक भएर आफ्नो उपचारको सम्पुर्ण रिर्पोट सहित स्वदेश फर्किएर म आफ्नो जिम्मेवारीमा क्रियाशील भइसकेको जानकारी गराउन चाहन्छु ।
यसप्रकार भएको मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजेर मलाई केही थाहा नभएको, कोही नभेटेको र नचिनेको व्यक्तिहरुको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछु । यसमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु ।
मैले नैतिक मुल्यमान्यता, इमान, पारदर्शीता, त्याग र निष्ठाको राजनीति गर्दै आइरहको छु । मेरो उपचार र भ्रमणको सम्पुर्ण खर्च मैले आफनै पारिश्रामिकबाट जम्मा भएको श्रोतवाट गरेको छु । मेरो उपचार र भ्रमणका लागि कुनै व्यक्ति वा संस्था कसैबाट कुनै प्रकारको सहयोग नलिएको जानकारी गराउँदछु ।
अन्त्यमा यस्ता कुत्सित र पूर्वाग्रहले भरिएका हल्ला र प्रचारवाजीहरुबाट म कतिपनि प्रभावित भएको छैन् । बरु आफनो इमान, नैतिक मूल्यमान्यता, निष्ठा र त्यागको जगमा दरिलो उभिदै निरन्तर अगाडि वढ्न मलाई उर्जा मिलेको छ । मेरो स्वास्थ्य प्रति चासो लिएर सद्भाव देखाउदै स्वास्थ्य लाभको कामना गर्नु हुने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्